रानी शाक्यको नयाँ गीत कथा-२ सार्वजनिक (भिडियोसहित)

 पाेखरा। गायिका रानी शाक्यको नयाँ गीत सार्वजनिक भएको छ । उनले जीवनको सत्यता गीत मार्फत बताउने कोसिस गर्दै “कथा २” गीत हालै सार्वजनिक गरेकी हुन्। गायक कमल खत्री संग यसअघि “कथा” बोलको युगल गीत सार्वजनिक गरेकी शाक्यले अर्को कोण बाट “कथा २” पस्केकी हुन्। “कथा” उनका सफल गीतहरु मध्य एक हो। उनी अमेरिकामा बसेर निरन्तर गीत संगीतमा सक्रिय छिन।

“कथा २” मा स्वर रानी शाक्यको रहेको छ भने शब्द अरुण तिवारीको रहेको छ। गीतमा संगीत जीवित जल्मीको रहेको छ। हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतलाई गायिका शाक्यको अफ़िसिएल युट्युव च्यानल “रानी शाक्य” मार्फत सार्वजनिक गरिएको छ। लिरिकल भिडियो गायिका शाक्यका श्रीमान राजेश शाक्यले तयार पारेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button