अम्बिका भण्डारीको तीज गीत सार्वजनिक (भिडियोसहित)

पोखरा। कवी एवं गायिका अम्बिका भण्डारीको तीज गीत ‘उही बनपाखामा’ सार्वजनिक भएको छ । शब्द, लय र आवाज भण्डारीकै रहेको गीतको म्युजिक भिडियो नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो प्रालिको प्रस्तुतीमा नमस्ते पोखराकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । जुजु गुरुङको एरेन्जमा रहेको यो गीत साहिल गायकले रेर्कड गरेका हुन् । म्युजिक भिडियोको निर्देशन समेत गायिका भण्डारीले गरेकी छन् । शिव भुर्तेलको छायाकंन तथा सम्पादनमा भिडियो तयार भएको हो ।

करुणा भण्डारीको कोरियोग्राफिमा तयार भएको म्युजिक भिडियोमा स्थापित भैसकेका कलाकारको अभिनय समेत हेर्न पाइन्छ । प्रमिला तुलाचन, बुद्धिसागर खनाल, विमल अधिकारी, भावना पन्त, उर्मिला पौडेल, कमल भण्डारी लगायतको अभिनयले भिडियोलाई आर्कषक बनाएको छ । करुणा भण्डारी, सरिता सुवेदी, ज्योति सुवेदी लगायतको नृत्य भिडियोमा हेर्न पाइन्छ । भिडियोको निर्माता गोपाल भण्डारी हुन् ।

यसअघि गायिका भण्डारीले संसार छाडी गयौं आमा, आऊ नाचौं दिदी बहिनी, खुसी राख्छौं बाबा तिम्लाई, नभइदे न मेरो मन दुःखी बरी लै, माइती देशै झलल, हाम्रो माइती घर, फूल फूल्यो, आँठा आँठा छेकेर आदी गीत पस्किसकेकी छन् ।  उनले ३ कक्षामा पढ्दा देखिनै मुक्तक लेख्न शुरु गरेकी हुन् । उनका मुक्तक र काव्यका ४ कृति प्रकाशित भइसकेका छन् । औपचारिक रुपमा २०६७ मा लोक ‘छन्दका फुलहरु’ नामक कविता संग्रह निकालेकी अम्बिकाले २०६८ मा दोस्रो कृतिको रुपमा ‘आफ्नो गाउँ आफ्नै हुन्छ’ खण्डकाव्य पाठक समक्ष पस्किएकी थिइन ।

राष्टप्रेम तथा विभिन्न विकृती विसंगतीमा आधारित रहेर ‘तेस्रो पाइला’ नामक कविता संग्रह निकालिन् । कास्कीको अन्नपूर्ण गाउँपालिका २ ठूलाचौरमा जन्मिएकी अम्बिका सप्तरंगी साहित्य समाज गण्डकी प्रदेश अध्यक्ष र नारी प्रतिभा वाङ्मय प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष हुन् । उनी अली मियाँ लोक वाङमय प्रतिभा पुरस्कार बाट सम्मानित समेत भइसकेकी छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button