पोखरा । नेपालमा पछिल्लो २४ घन्टामा थप ५७ मा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा शनिबार ५७ जना संक्रमित भेटिएको जानकारी दिएका हुन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ ।
नेपालमा संक्रमित मध्ये ११ हजार ६ सय ३७ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा १ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।