कतारमा कोरोना संक्रमित घट्दै, १७ नेपालीले ज्यान गुमाए

तिलु शर्मा l विश्वमा जनसङ्ख्याको आधारमा कोरोनाको धेरै परीक्षण गर्न देश मध्येमा पर्ने मध्य्पुर्बको देश कतारमा कोरोनाको कहर घट्दै गएको छ l कतारको स्वास्थ्य आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ५ जनामा गरिएको परीक्षणमा थप २७३ जनामा पोजेटिभ देखिएको छ भने २ सय ४६ जनाले स्वास्थ्य लाभ गरेका छन् l

पछिल्लो समय सङ्क्रमित हुने भन्दा स्वास्थ्य लाभ गर्नेको सङ्ख्या उच्च देखिए पनि हिजो र आज सङ्क्रमित धेरै देखिएका हुन् l त्यहाँ थप दुई ६० र ६१ वर्षीय नागरिक सहित मृतकको सङ्ख्या १ सय ६९ पुगेको छ l वैदेशिक रोजगारीको लागि निकै आकर्षक गन्तव्य मानिएको कतारको कुल जनसंख्या २८ लाख रहेको छ भने करिब ५ लाख जनामा कोरोनाको परीक्षण गरी सकिएको छ l १ लाख १० हजार १ सय ५३ जना सङ्क्रमण देखिदा १ लाख ६ हजार ८ सय ४९ जनाले कोरोनालाई जिती सकेका छन् l

कतारमा अहिले ३ हजार १ सय ३५ जनाले उपचार गराई रहेका छन् l जस मध्य ४ सय ७० जनालाई डाक्टरहरूको प्रत्यक्ष निगरानी मा राखिएको छ भने ९७ जनालाई आइसियु मा राखी उपचार भई रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ l कतारमा कोरोनाका कारण १७ नेपालीले ज्यान गुमाई सकेकाछन् l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button