तेक्वान्दो युनियन परित्याग गर्दै संघमा प्रवेश

पोखरा । राष्ट्रिय तेक्वान्दो संघ (युनियन)का केही पदधिकारीहरु युनियन परित्याग गर्दै नेपाल तेक्वान्दो संघमा प्रवेश गरेका छन ।

युनियन परित्याग गर्नेहरुमा द्वारीका खयरमली, कृष्ण सिह कपाली लगायतका पदाधिकारीहरु रहेको नेपाल तेक्वान्दो संघले जनाएको छ । युनियन परित्याग गरि नेपाल तेक्वान्दो संघमा प्रवेश गरेकाहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणा तथा सघंका पदाधिकारीहरुले खादा अविर लगाएर स्वागत गरेका थिए ।

सो अवसरमा अध्यक्ष राणाले बाटो विराएर हिडेका सम्पुर्ण तेक्वान्दो संग सम्वन्धितहरुलाई संघको छातामा गोलवन्द हुँदै नेपालको तेक्वान्दो खेललाई वलियो बनाउन आग्रह गरे । कार्यक्रममा वोल्दै महासचिब दिपराज गुरुङले नेपालमा तेक्वान्दो खेल विकासमा नवप्रवेसीहरुको महत्वपूण भूमिका निर्वाह हुने धारणा राखे ।

उक्त अवसरमा नवप्रवेशीहरुका तर्फबाट द्वारीका खयरले आफ्नो धारणा राख्दै आफुहरु नेपालको तेक्वान्दो खेलको मुलधारमा प्रवेश गरेको बताए । कार्यक्रम वागमती प्रदेशका अध्यक्ष केशव पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button