इङ्गल्यान्ड माथि आयरल्यान्डको रोचक जीत

पोखरा ।  तेस्रो एकदिवसीयमा इङ्गल्यान्डलाई पराजित गर्दै ३ खेलको शृङ्खलामा आयरल्यान्डले सान्त्वना जीत हासिल गरेको छ ।

मङ्गलबार भएको रोचक खेलमा आयरल्यान्डले इङ्गल्यान्ड माथि ७ विकेटको जीत हात पार्यो । साउथह्याम्पटनमा भएको खेलमा आयरल्यान्डले टस जित्दै फिल्डिङको निर्णय लियो । फिल्डिङको निर्णयलाई सही सावित गर्दै आयरल्यान्डका बलरले ४४ रनमै इङ्गल्यान्डको ३ विकेट लिन सफल भए ।

तर त्यस पछि भने कप्तान ओएन मोर्गन र टिम बेन्टनले १ सय ४६ रनको उत्कृष्ट साझेदारी गरेसँगै इङ्ग्लिस टोलीले ४९.५ ओभर खेलेर अलआउट हुँदै ३ सय २८ रनको योगफल तयार गर्यो । इङ्गल्यान्डका लागि मोर्गनले शतकीय १ सय ६ रनको योगदान दिँदा बेन्टनले ५८ र डेभिड विलीले ५१ रनको योगदान दिए । बलिङतर्फ आयरल्यान्डका क्रेग योङ्गले सर्वाधिक ३ विकेट लिए ।

प्रतिउत्तरमा ३ सय २९ रनको लक्ष्य आयरल्यान्डले ३ विकेट गुमाउँदै ४९.५ ओभर मै पूरा गर्यो । टोलीका लागि ओपनर पल स्टिर्लिङले १ सय ४२ रनको शानदार पारी खेल्दा कप्तान एन्ड्र्यु बल्बिर्नीले पनि १ सय १३ रनको योगदान दिए । त्यस्तै ह्यारी टेक्टरले अविजित २९ र केभिन ओ ब्रायनले पनि अविजित २१ रन जोड्दै टोलीलाई उत्कृष्ट जीत दिलाए ।

जीत हासिल गरे पनि पहिलो दुई खेल हारिसकेको आयरल्यान्डले शृङ्खला भने २-१ ले गुमायो । आयरल्यान्डको इङ्गल्यान्ड माथि यो केवल दोस्रो जीत हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button