पोखरा -४ का एक पुरुषसहित गण्डकीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरा महानगरका १ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार बिहान पोखरा महानगर वडा नम्बर ४ का २२ वर्षीय पुरुषसहित गण्डकी प्रदेशका ४ जिल्लाका थप ११ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

निर्देशनालयले कास्कीका एक पुरुष सहित पर्वतका १ महिला, गोरखाका ५  जना पुरुष र १ महिला तथा  नवलपुरका ३ पुरुषमा कोरोना देखिएको जनाएको छ ।

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६६ पुगेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त हुनेको संख्या १३६२ पुगेको पनि निर्देशनालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button