पोखरामा ३ वडामा ८ कोरोना संक्रमित थपिए

पोखरा । पोखरा महानगरका ३ वडामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार मध्यान्ह पोखरा महानगर वडा नम्बर ११, १५ र ३२ का ४ महिला र ४ पुरुष गरी थप ८ जना कोरोना भाइरस संक्रमित देखिएको जनाएको हो ।

निर्देशनालयका अनुसार पोखरा महानगरको वडा नम्बर ११ का ३ पुरुष र ३ महिला, वडा नम्बर १५ की एक महिला तथा वडा नम्बर ३२ का १ पुरुष गरी ८ जनामा कोरोना देखिएको हो ।

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेको छ । यस अघि आजै पोखराका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमण मुक्त हुनेको संख्या १३८३ पुगेको पनि निर्देशनालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button