न्युजिल्यान्डमा सय दिन पछि देखिएको कोरोना संक्रमणको स्रोत आयातित सामान !

पोखरा । न्युजिल्यान्डमा सय दिन पछि देखिएका कोरोना संक्रमितको स्रोत आयातित सामान भएको भन्दै अनुसन्धान थालिएको छ ।

तीन महिनासम्म स्थानीय संक्रमण शून्य राखेको न्युजिल्यान्डमा केही दिन यता कोरोना संक्रमितहरु देखा पर्न थालेका छन् । न्युजिल्यान्डको अकल्यान्डमा एउटै परिवारका ४ सदस्यमा कोरोना संक्रमण देखिएको हो । संक्रमित पुष्टि भएकाहरुको ट्राभल हिस्ट्री नभए पछि अनुसन्धान गर्दा संक्रमणको स्रोत आयातित सामान हुनसक्ने त्यहाँका स्वास्थ्य निर्देशक एस्ले ब्लुमफिल्डले जानकारी दिए ।

ब्लुमफिल्डले अनुसन्धानको दायरा साँघुरिदै जाँदा संक्रमण्को स्रोत आयातित सामानतिर नै औल्याइएको बताए । संक्रमण पुष्टि भएका मध्ये एक जना कार्यारत कोल्ड स्टोरलाई स्रोत मानेर त्यहाँको सर्फेस टेस्टिङ थालिएको पनि उनले बताए ।

लामो समयसम्म कोरोना नदेखिएको न्युजिल्यान्डमा नयाँ संक्रमित देखिए सँगै लकडाउन गरिएको छ भने त्यहाँ सेप्टेम्बर १९ अघि गर्ने भनिएको आमचुनाव समेत पछि सारिएको छ ।

यदि कोरोनाको स्रोत सामान रहेको पुष्टि भएमा कोरोना संक्रमणको जोखिम निकै उच्च हुनेछ । हालसम्म कोरोनाबाट विश्वभर २ करोड बढी संक्रमित हुँदा करिब साढे ७ लाखको मृत्यु भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button