युकेबाट कोभिड तथा वाढी प्रभावित कास्कीका मगर कलाकारलाई सहयोग

पोखरा । युकेका विभिन्न सामाजिक व्यक्तित्वहरुको समन्वयमा कोभिड १९ तथा वाढीबाट प्रभावित कास्कीका मगर कलाकारहरुका लागि भन्दै नगद सहयोग पठाइएको छ ।

युकेबाट पहिलो पटक विशेष गरि कोभिड १९ तथा वाढी पहिरोवाट प्रभावित मगर कलाकारहरुका लागि यस्तो नगद सहयोग प्राप्त भएको हो । नेपाल मगर संघ सांस्कृतिक जिल्ला समन्वय समितीको आयोजनामा भएको एक कार्यक्रममा युकेबाट प्राप्त उक्त सहयोग कोभिड १९ तथा वाढी पहिरोवाट प्रभावित मगर कलाकारहरुलाई राहत स्वरुप वितरण गरिएको छ ।

कोभिड १९ का कारण लामो समय देखि भएको लकडाउन तथा विभिन्न ठाउँमा गएको वाढी पहिरोका कारण समस्यमा रहेका मगर कलाकारहरुका लागि सहयोग रकम पठाउन पाउँदा निकै गर्वको अनुभुती भएको युकेमा कार्यरत अग्रज फोटो पत्रकार तथा समाजसेवी मिलन तमुले बताएका छन । “हामीले उहाँहरु पनि समस्यामा हुनुहुन्छ भन्ने सुन्यौं” सहारा युकेका कार्यसमिती सदस्य समेत रहेका उनले भने “केही गर्न सकिन्छ कि भनेर हातेमालो गरेका हौं, सबै सहयोगी मनहरुलाई आभार व्यक्त गर्न चाहन्छु ।”

प्राप्त सहयोग रकम राहत स्वरुप मगर कलाकारहरुलाई वितरण गर्दै नेपाली काँग्रेसका नेता नवराज गुरुङले यस्तो समस्यामा परेकाहरुका लागि निकै उत्प्रेरणा जगाउने बताए । यति बेला कोभिड १९ र वाढी पहिरोका कारण सर्वसाधारणले निकै समस्या भोग्नु परेको बताउँदै उनले भने–“यो सहयोग वा राहत मात्रै नभएर विदेशमा बसेका नेपाली दाजुभाईले सबैको पिडालाई आफ्नै ठानेर मन साट्नु भएको हो, यसका लागि म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।” कलाकारहरु राष्ट्रको गहना भएको बताउँदै उनले संगित र कला कुनै देशको सिमामा नवाधिने बताउँदै उनीहरु समस्यामा परेको वेला सहयोगगर्नेहरु सच्चा दानविर रहेको धारणा राखे ।

कार्यक्रमम वोल्दै नेपाली काँग्रेस महासमिती सदस्य मोहन गुरुङले युके लगाएतबाट प्राप्त सहयोगले समस्यामा रहेका कलाकारहरुलाई मनोवल उच्च राख्न सहयोग पुग्ने बताए ।  यस्तो महामारीको वेलामा समेत राज्यले पिडितहरुका वारेमा सोच्न नसक्नु दुःख लाग्दो विषय भएको बताउँदै उनले वाढी पहिरो र कोभिड १९ वाट पिडितहरुका लागि राहत उपलव्ध गराउन सरकार संग माग समेत गरे ।

मगर संघ कास्कीले आफ्ना ४२ जना कलाकारहरुलाई राहत वितरण गरेको अध्यक्ष सरिता सारु मगरले बताइन । मगर संघ कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुलाई ४–४ हजारका दरले र अन्य सदस्यहरुलाई खाद्यान्न सहयोग गरेको उनले बताइन । त्यस मध्ये चिना थापा मगरलाई १५ हजार र प्रसान्त तामाङलाई नगद १० हजार प्रदान गरिएको छ ।

मगर कलाकारहरुका लागि युकेबाट नगद १ लाख २५ हजार, हङकङ मगर समाजबाट ३० हजार, कतारवाट ५ हजार ५ सय ५५, दान बहादुर मगरले ३ हजार र अध्यक्ष सरिता सारु मगरले ५ हजार नगद सहयोग गरेका थिए ।

युकेबाट सहयोग गर्नेहरुमा पर्वत वेलफेयर सोसाइटि युकेका नेत्र आले, दुर्लुङ हाल युकेका कुलराज गुरुङ, गोर्खा मिडिया एमडी तथा एभरेष्ट टाइम्सका युके मिलन तमु गुरुङ, गायक मनसुधन थापा युके, दु,र्लुङ समाज युकेका पुर्व अध्यक्ष जेवरीलाल गुरुङ, सहारा युकेका अमृत गुरुङ, दुर्लुङ समाज युकेका कोषाध्यक्ष विकास रक गुरुङ, सहारा युकेका अध्यक्ष कुमार गुरुङ, मगर संघ युकेका पुर्व अध्यक्ष नेम थापा, तमु धिं युकेका पुर्व अध्यक्ष ग्याम गुरुङ, लेख गुरुङ, सिला थापा, दिप ज्वेलर्स युकेका एमडी प्रेम विक रहेका छन ।

त्यसै गरि राम्चे समाज युकेका उपाध्यक्ष राम गुरुङ, दुर्लुङ समाज युकेका उपाध्यक्ष हर्क गुरुङ, गैर आवाशिय नेपाली संघ युकेका पुर्व उपाध्यक्ष शेर सुनार, गैर आवाशिय नेपाली संघ युकेका पुर्व उपाध्यक्ष  योग कुमार फगामी, गोर्खा किचन युकेका एमडी भिम गुरुङ, गोर्खा ट्राभल युकेका एमडी दिलरास गुरुङ, नमस्ते एक्सप्रेसका एमडी मदन राना, मगर संघ युकेका संरक्षक घन थापा, तनहु समाज युकेका अध्यक्ष लेख गुरुङ, सनलाइट हेयर एण्ड व्युटी सेलुन, मथुरा देवी गुरुङ दुर्लुङ हाल युके लगाएतले सहयोग गरेका थिए । यो सहयोग संकलनका लागि मिलन तमु गुरुङ , कुलराज गुरुङ, जेएल गुरुङ र मधुसुदन थापा मगरले पहल गरेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button