पोखरामा सम्पुर्ण क्रिकेट खेलका गतिविधी स्थगित

पोखरा । कास्की जिल्ला क्रिकेट संघले जिल्लामा हुने सम्पुर्ण क्रिकेट खेलका गतिविधि स्थगित गर्ने निर्णय गरेको छ ।

पोखरामा कोभिड १९ को सक्रमण वढे संगै संघले भदौ १ अर्थात आजबाट हुने भनिएका पुर्व घोषित क्रिकेटका सम्पुर्ण कार्यक्रमहरु स्थगित गर्ने जनाएको हो । संघले पोखरामा भदौ १ गतेबाट एकेडेमीको सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसै गरि संघले गर्ने भनिएको भदौ ६ गतेको तेश्रो साधारण सभा समेत स्थगित भएको छ ।

संघले कास्कीको क्रिकेट विकासका लागि शुरु गरिने भएको ‘ड्रिम प्रोजेक्ट’ तत्कालका लागि स्थगित गर्नुपरेको अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएका छन । “राष्ट्रिय खेलकुद परिषद (राखेप)ले भदौ १ गतेबाट सम्पुर्ण खेल गतिविधी शुरु गर्ने जनाएकोले उत्साहित हुँदैे परियोजना शुरु गरेका थियौं, तर अहिले अवस्था झनै जटिल भएकोले स्थगित गर्नु बाहेकको विकल्प छैन” उनले भनेकाछन ।

प्रशिक्षणको स्थगनले निरासा छाउने भएपनि खेलाडीहरुलाई आफ्नो उत्साहलाई कम हुन नदिइ घरमै सुरक्षित रहि सरकारको निर्णय पर्खन अनुरोध गर्दै नयाँ क्लबहरुको दर्ता गर्न र संघमा आबद्ध क्लबहरुलाई खेलाडीहरुको अभिलेख समयमै उपलब्ध गराउन संघले आग्रह गरेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button