कोरोनाको कहर बीचमा पनि पोखरा बृद्धाश्रममा सहयोग

हरि बाँस्तोला, पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ सितापाईला स्थित पोखरा वृद्धाश्रममा कोरोना संक्रमणका बीच पनि सहयोगी दाताहरुले सहयोग गर्दै आएका छन् ।

कोरोना भाइरस (कोभिड—१९) को संक्रमणको समाजका हरेक निकायहरु समस्यामा परिसरहदा त्यसको प्रभाव बृद्धाश्रममा पनि परेको थियो । झण्डै चार महिनाको बन्दाबन्दी र त्यस यताको संक्रमण कालीन समयमा पनि विभिन्न सहयोगी व्यक्ति र संस्थाले सहयोग जारी राखेको वृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए ।

“कोरोना संक्रमणबाट यहाँका जेष्ठ नागरिकलाई जोगाउँनु चुनौति पुर्ण छ नै, अर्कोतर्पm उनीहरुको खानपान लगायतको व्यवस्थापन अर्को चुनौति छ ।” उनले भने, “संक्रमणको विद्यमान अवस्थामा पनि दाताहरुको निरन्तरको सहयोगले हामीलाई ठूलै मद्दत पुगेको छ ।”

उनका अनुसार आमाबाबालाई पालन पोषण गर्न अप्ठेरो परेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको सहजिकरणमा जनस्तर तथा बिभिन्न संघसंस्था र विदेशमा रहनु हुने नेपालीबाट समेत आर्थिक एवम् खाद्यान्न सहयोग रहदै आएको छ ।

बन्दाबन्दीको अवसरमा आप्mनो स्वास्थ्यको समेत प्रवाह नगरि १ सय ५० बिभिन्न संघसंस्था व्यक्तिबाट बृद्धाश्रमलाई सहयोग प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष पराजुलीले बताए । मुस्ताङबाट निर्वाचित प्रदेश सभा सदस्य इन्द्रधारा विष्ट, रघु वाग्ले तनहुँमार्फत नेपाल मकाउ संगठन, नेलम्वो, पोखरा तरकारी बजार लगायतबाट नगद सहित खाद्यान्न एवम् तरकारी सहयोग प्राप्त भएको थियो ।

समाजका विपन्न,असहाय एवम् अशक्त जेष्ठ नागरिकको सहारा बन्ने उदेश्यका साथ २०५३ सालमा स्थापना गरि सञ्चालनमा आएको बृद्धाश्रममा बृद्धवृद्धा र सेवकसेवीका सहित कूल ५५ जना रहेको सञ्चालक समितिका सदस्य श्रीनाथ आचार्यले जानकारी दिए ।

घरमा आप्mना दुई जना बुबाआमालाई समेत स्याहार सुसार जस्ता सेवा पु¥याउन नसक्ने हाम्रो समाजमा विभिन्न बर्ग र समाजबाट आएको वृद्ध आमाबाबालाई पालनपोषण चुनौतीपूर्ण भएपनि सहयोगी मनहरुको सहयोगबाट वृद्धाश्रम सञ्चालन गर्न हौसला मिलेको उनले बताए ।

उनका अनुसार बिहान बेलुकाको दुई छाक खाना तथा चिया र खाजा, सेवकसेवीको तलव तथा अन्य सरसफाई एवम् उपचारमा समेत गरि मासिक एक लाख भन्दा बढी खर्च हुने गरेको छ । आश्रममा बौद्धिक अपाङ्ग चार जना आश्रित छन । बृद्धाश्रममा रहेका ८५ प्रतिशतले दैनिक बिभिन्न रोगका औषधि सेवन गर्नुहुन्छ । बन्दाबन्दीका क्रममा औषधिको समेत समस्या परेको अवस्थामा सहयोगी दाताबाट औषधि उपलव्ध भएको वृद्धाश्रमका स्वास्थ्यकर्मी शिशिरकेशव पराजुलीले जानकारी दिए ।

एघार रोपनी तीन आना जग्गामा सरकारीस्तर, विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगबाट पाँच करोड भन्दा बढी रुपैयाको लागतमा आवश्यक भौतिक पूर्वाधार तयार भई सकेको छ । आश्रममा आश्रित अशक्त एवम् दिर्घरोगीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ मेडिक्लिनिक सञ्चालन गर्नका लागि पूर्वाधार तयर भएपनि जनशक्तिको अभावमा उचित उपयोग हुन सकेको छैन । आश्रमले एक जना नर्स सही हप्तामा एक दिन चिकित्सक उपलव्ध गराउन सम्वन्धीत निकायसंग माग गर्दै आएको छ ।

परिवारबाट अपहेली एवम् कोही आफन्त नभएका समाजका बेसहारा जेष्ठनागरिकको सहारा बनेर सरकारीस्तरबाट गर्नुपर्ने दायित्व पुरा गर्दै आएको वृद्धाश्रमले यतिखेर तीनै तहका सरकारको सहयोग हुनुपर्ने सहयोगीहरुको सामुहिक धारणा रहेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button