अपराधिक घटनाको सूचना संकलन गर्न कास्कीमा प्रहरीको मोवाइल एप

पोखरा । समाजमा घट्ने अपराधिक कृयाकलापको सूचना संकलन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले ‘नेपाल पुलिस मोवाइल एप’ सञ्चालन गर्ने भएको छ ।

समुदायमा घट्ने अपराधिक कृयाकलाप, अपराधिक घटनाहरु तथा सुचनाहरुलाई छिटो र छरितो तवरबाट सम्बोधन गर्न सहज हुने भन्दै मोवाइल एप जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । जिल्ला प्रहरी कास्कीका प्रमुख एवम प्रहरी उपरिक्षक जिवन कुमार श्रेष्ठले एक भिडियो कन्फ्रेन्सिङ मार्फत शुभारम्भ गर्दै समाजमा घट्ने अपराधिक कृयाकलाप सम्वोधन गर्न एपले भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो–“नागरिकहरुमा प्रविधीको प्रयोग वढे सँगै प्रहरी सेवालाई प्रविधी मैत्री बनाउँदै लगेका हौं ।”

समाजमा घट्ने कुनै पनि घटनाहरुलाई फोटो र भिडियो सहित अपलोड गरेर पठाउन सकिने उपरिक्षक श्रेष्ठले बताउनुभयो । एपको सेवाले कुनै पनि घटनामा थप क्षति हुन नदिन तथा अपराधीलाई तत्काल नियन्त्रण गर्नका साथै कास्की जिल्लाको समग्र रुपमा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न सहयोग पुग्ने उहाँको भनाई छ ।

एप मार्फत घरेलु हिंसा, जातिय हिंसा, लुटपाट, चोरी, ज्यान सम्वन्धि, ठगी, यौनजन्य अपराध, लागु औषध, सवारी दुर्घटना, मानिस हराएको, हात हतियार तथा विष्फोटक पदार्थ लगाएतका घटनाहरुको विवरण एप मार्फत सोझै पठाउन सकिने भएको छ । पाइलट प्रोजेक्टको रुपमा शुरु गरिएको मोवाइल एप सञ्चालनका लागि प्रहरीले छुट्टै युनिट समेत बनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button