पोखरामा थप एक कोरोना सङक्रमितको मृत्यु

पोखरा । पोखरामा शनिवार थप एक कोरोना सङक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं १४ का ५८ वर्षीय  सङक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

पेटको  शल्यक्रियाका लागि भदौ ८ गते उनी अस्पताल भर्ना भएका उनमा  तत्काल कोरोना परीक्षणमा गरिएकोमा भदौ १० गते आएको नतिजामा सङक्रमण पुष्टि भएको अस्पतालका निर्देशक सह प्रा डा. अर्जुन आचार्यले बताउनुभयो  ।

सङक्रमण पुष्टि भएपछि  प्रतिष्ठान अन्तरगतको कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेका उनको आज विहान ११ बजे मृत्यु भएको निर्देशक आचार्यले जनाउनुभयो  ।

यस सँगै पोखरामा  कोभिड १९ उपचार केन्द्रमा मृत्यु हुने कोरोना संक्रमितको  सँख्या ७ पुगेको छ ।  गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सँख्या १२ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button