एकै दिन ९० हजार संक्रमित

भारत  । भारतमा एकै दिन ९० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९० हजार ६३३ नयाँ संक्रमित थपिएका हुन् ।

कोरोना भाइरसबाट भारतमा ४१ लाख १३ हजार वढी संक्रमित ८१२ पुगेको छ भने त्यहाँ कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या ७० हजार ६ सय २६ पुगेको छ ।  भारतमा एकै दिन शनिवार कोरोना भाइरसको कारण १ हजार ६५ जनाले ज्यान गुमाएका छन् ।

यतिवेला भारत विश्वमा सबैभन्दा धेरै नयाँ संक्रमित र मृत्यु हुने मूलुका गनिएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिले भारतमा कोरोना भाइरसको कारण सबैभन्दा बढी प्रभावित बनेको छ । हालसम्म भारतमा कोरोना भाइरसका ३१ लाख ८० हजारभन्दा धेरै संक्रमित निको भएर फर्किसकेका छन् भने आठ लाख ६२ हजारभन्दा धेरै संक्रमित उपचाररत छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button