पोखराका २ सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । पोखरामा शुक्रबार  बिहान थप २ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार  बिहान कास्कीको पोखरा १ का ६२ वर्षीय पुरुष र १० की  ६२ वर्षीया महिला सहित गण्डकी प्रदेशमा थप १७  जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा सहित  तनहुँ  सुक्लागण्डकी ५ का  ५९ बर्षीय पुरुष , स्याङजा पुतलिबजारका ४० र  ५१ वर्षीय पुरुष,  नवलपुर कावासोतीका ३ पुरुष र २ महिला तथा  गैंडाकोटका ४ पुरुष  र ३  महिलामा  कोरोना पुष्टि भएको हो  ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ४७ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button