कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ को मृत्यु, १२ सय १ संक्रमित

पोखरा न्यूज । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार महिला ४ र पुरुष १० जनाको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा तीन, भक्तपुर र रुपन्देहीमा २–२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ७६ वर्षीया महिला, ५१ र ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७२ र ३८ वर्षीय तथा रुपन्देहीमा ६० र ४० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

यसैगरी सुनसरीमा ४३ वर्षीय पुरुष, चितवनमा ६१ वर्षीय पुरुष, तनहुँमा ७६ वर्षीया महिला, पर्सामा ७८ वर्षीया महिला, गोरखामा ४५ वर्षीय पुरुष, स्याङ्जामा ८५ वर्षीय पुरुष र कास्कीमा ४५ वर्षीया महिलाको मृत्यु भएको उहाँले बताउनुभयो । आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३६ जना पुगेको छ ।

आज १२ सय १ जना नयाँ संक्रमित थपिएका छन । १० हजार १ सय ७६ पीसीआर परीक्षण भएकोमा महिला ४ सय १६ र पुरुष ८ सय ७५ जनामा कोरोना संक्रमण देखिएको हो । आज देशभरि सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० जना रहेकोमा संस्थागत आइसोलेसनमा ९ हजार १ सय ७ जना उपचाररत रहेका छन । आज ८ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म ३७ हजार ५ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button