फेसबुकमा फेक आइडीबाट रोमान्स, पोखरा आउने क्रममा अपहरणमा परेको नाटक !

पोखरा न्यूज । पोखरा स्थित आफनै घरमा आउने क्रममा बाटोमा अपहरणमा परेको भन्दै झुटो जानकारी गराउने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्जबाट आफ्नै गाडीमा पोखरा आउने क्रममा चन्द्रौटाबाट अपरिचित व्यक्तिहरुले अपहरण गरी कोठामा बन्धक बनाएको र साथबाट सुन, मोवाइल तथा गाडीको चाबी लुटेको भन्दै प्रहरीलाई खबर गर्ने बर्दिया ठाकुरबाबा ४ मैनवा घर भई नेपालगञ्ज ६ फुल्टेक्रा बस्ने ३३ वर्षीया आशिक कुमारी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले भदौ २६ गते फेसबुकमा साथी रहेका नवलपरासीका एक व्यक्तिलाई आफुँ पोखरा स्थित घरमा जादै छु बाटोमा भेटी सँगै पोखरा जाम भनेकोमा बाटोमा अपहरणमा परेको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् । अपहरणमा परेको खबर गरेपछि खोजीकार्य थालेको प्रहरीले चौधरीलाई प्रहरीले फुलटेक्रा स्थित आफ्नै कोठामा फेला पारेको थियो ।

चौधरीले सानु दहितको नामबाट सुन्दर केटीको फोटो राखी फेक फेसबुक खोली नवलपरासीका एक पुरुषलाई फोन सम्पर्क गर्ने गरेको भेट्न बोलाएर अपहरणमा परेको नाटक गरेको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिनुभयो । चौधरीले आफुँ २२ बर्षको युवती हुँ भन्दै आफ्नो व्यापार व्यवसाय साथै नेपालगञ्ज र पोखरामा घर भएको भनि झुटो कुरा बताउदै उक्त पुरुषसँग झुटो बोल्ने गरेको एसपी रानाले बताउनुभयो । चौधरीले फेसबुकमा साथी बनाई रोमान्स गर्नका लागी नाटक गरेको भनि स्वीकार गरेको र भेटघाट गर्नुपर्ने बाध्यता भएपछि अपहरणमा परेको नाटक गरेको बताएको एसपी रानाको भनाई छ ।

चौधरीलाई  अभद्र व्यवहार  अन्तर्गत म्याद थप गरी  कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button