कोरोनाका कारण पोखरामा १ जनाको मृत्यु, थप ४ जनामा कोरोना सक्रमण पुष्टि

पोखरा । कोरोनाका कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिकाका वडा ९ का ७०  वर्षीय पुरुषको मणिपाल अस्पतालमा मृत्यु भएको हो ।

यही भदौ २५ गते देखि मणिपालमा उपचाररत मृतक क्यान्सरवाट पीडित रहेको र उनको उपचारको क्रममा सोमवार  राति ११ः२० मा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको २८ गते  कोरोना पुष्टि भएको निर्देशनालये जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

पोखरामा मंगलवार दिउसो पोखरा सहित २ जिल्लामा थप ४ जनामा कोरोना सक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका जनाएको छ । कोरोना पुष्टि हुनेहरुमा पोखरावडा नं १० का २१  वर्षीय पुरुष, वडा नं १५ की ४८  वर्षीया महिला, स्याङजा गल्याङका ३३  वर्षीय पुरुष र गोरखा नगरपालिकाका २० वर्षीय पुरुष रहेका छन ।हाल सम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३११६ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button