बच्चाहरुले देख्ने पितृ / भगवान

गत मंगलवार बिहानै छोरीको भिडियो कलमा पहिलो जिज्ञासा थियो “बाबाआज मैले पितृ देखै नि ।” छोरीको पछिपछि आमाहास्दै भन्नुभयो “आज बासँग श्राद्ध गर्न गण्डकी गएकी पानीको छाललाई पितृ भनेर आई छ, अनि बगाउन लगेको खिर पनि पुरै खाईछ ।”आमाको हाँसो रोकिएको थिएन छोरीलाई अझ धेरै कुरा मलाई सुनाउन मन थियो त्यसैले आमालाई वुढीमाउ शव्दले गाली गर्दै अर्को कोठाबाट पितृको बारेमा बासँग भएका कुराहरु सुनाउदै गईन्, उनको मनोविज्ञान अनुसार ।

केही समय पहिला एउटा सामान्य बाल मनोविज्ञान र वुझाई अत्याधिक नै ट्रोल र भाईरल बन्या । विषय थियो बाल बुझाईको । काठमाण्डौका बच्चाहरुलाई दूध कहाँबाट आउँछ भनेर सोध्यो भने दिने उत्तर हो, गाडीबाट । अनि चामल नि उनीहरुले भने पर आण्टीको पसलबाट । यो कुरा आफुँलाई सहरीया भनेर परिभाषित गर्नेहरुको बच्चाहरुले बोलेको कुरा हो रे । तर कसको कच्चाले को सँग बोल्यो यसको एकिन भने छैन । तर समग्रमा सहरको साधुरो कोठामा हुर्केर त्यहीको बोर्डिङ नाम झुण्ड्याईएको स्कुुलको सानो बन्द कोठा भित्र वढ्ने बच्चाहरुले सोच्ने पनि यस्तै कुरा हो ।

कोरना सबैले महामारीको संज्ञा दिईए पनि ति बच्चाहरु जसले गाडीबाट दुध र आन्टीको पसलबाट चामलआउने कुरालाई आफ्नो सिकाईको माध्यम बनाएर आफुँले केही जानेको महसुस गरे उनीहरुको लागि यो समय निकै लाभदायक नै भयो । कम्तीमा यो महामारीको ६महिना गाउँमा बसेका बच्चाहरुको सिकाईको स्तर र मनस्थिति केही परिवर्तन अवश्य भयो । अनि आफै बुझे पनि होलान् दुध मेहनेतका साथ सेवा गरेपछि गाई भैसीबाट आउँछ र चामल खेतमाफलेको धानबाट तयार गरिन्छ ।

कोरनाले मलाइ पनि नराम्ररी प्रभाव पा¥यो तर यही समयको सदुपयोग गर्दै ५ वर्षकी छोरीलाई पनि मैले गाउँमा छोडे । उनीको स्वभाव पनि केही फरक भएको महसुस गरेको छु । यही बीचमा उनले गर्ने डिमाण्ड म्यासेन्जरको च्याटमा गर्ने केही अनौठो लाग्ने कुराहरुले उनीमा परिवर्तन भएको ग्रामिण र वास्तविक जनजीवनको भोगाई÷ पढाई अनि वुझाईलाई महसुस गरेको छु । यिनै मध्येको एक हो पितृ देखेको प्रशंग ।

सोह्र श्राद्ध सकिएको आजदुई दिनभयो । तर विगत पाँचदिनदेखि दिमाग र मनमा एउटै कुरा खेलेको छ । ५ वर्षकी छोरीले देखेको पितृ साच्चिकै हो त ?कि हामीले भनेको कुरालाई नै अनुसरण गर्छन् उनीहरु । गत महिनाको ३० गते मंगलवार सोह्र श्राद्धको त्रयोदशी तिथी मेरा हजुर वा को श्राद्ध गर्ने दिन । हिन्दू संस्कारको परिधिमा हुकिर्एका हामीले पनि त्यही अनुशरण गर्दै हजुर वा को श्राद्ध गर्ने गर्छौ त्यो काम सवै बुवाले गर्नु हुन्छ । आफ्ना पुर्खालाई सम्झने कामलाई वाहिर राख्ने हो भने तर मेरो विचारमा व्राम्हणले विरालो वाधेजस्तै नै लाग्छ श्राद्ध ।

मलाई जस्तै मेरो बाबालाई पनि यो श्राद्धको कार्य विरालो वाधेझै नै लाग्छ होला त्यसैले आजसम्म पण्डित वोलाएर श्राद्ध गरेको थाहा पाएको छैन । उहाको आफ्ने विधि छ । जुन हिन्दू जनवोली पनि छ “नानीनातिनीले खाए पितृले पाए ।”यही मान्यतामा चल्ने भएर होला हाम्रोमा जहिले पनि बाबाका भान्जा भान्जी नभएका कारण व्रामण लाई वोलाएर पितृका नाममा टिका लगाउदै खाना खुवाएर सम्झने चलन छ । तर लकडाउन र कोरनाका कारणले यो वर्षको सोह्र श्राद्ध भान्जा वोलाउने काम पनि बन्दभयो । तर विधि त प¥ुयाउनै पर्ने त्यसैले यो अवसरमा पहिलो पटक परिन् पाँच वर्षकी छोरी ।
विहानै जनै फेरेर दिवाङ्गत आत्मालाई सम्झने भन्दै झमझम पानीमा घरबाट दुई किलोमिटरको दुरीमा रहेको सेती नदी गण्डकीको किनारमा वुवासँगै पाँच वर्षकी छोरी पनि गईन् । बाबा र छोरी बीचमा लामै कुरा भए होलान् यही प्रशंगमा छोरीले भनिछन् बा (हजुरबालाई बा भन्ने चलन छ ) मलाई आज पितृ देखाईदिनु है ? बा को सहज उत्तर हुन्छ ।

जब सामान्य आफ्नै विधि अनुसार घरबाट लगेको अक्षेता फूल, सहित पिण्ड (खिरको डल्लो) लाई सामान्य पूजा गरेर बगाउन लाग्दा छोरीले सोधिछन् । पितृ खै त बा? बाबालाई के भनौ भनौ भएर अनि उर्लिएका गण्डकीको छालमा भूमरी खेल्दै माथी निस्किएको पानीको फोकालाई देखाउनु भएछ अनि खान पाईने भो भनेर सुखीले नाच्नु भएको छ । छोरीको जिज्ञासा त्यतिमै मरेन अनि सोधिन् मरेको मान्छेले पनि खान्छन् र ?खादैनन् तर पनि उनीलाई सम्झेर नदीमा वगाउँदा खुसी हुन्छन । त्यसो भए म आधा खान्छु आधा वगाउनु न त छोरीले पुन सोधिन् ।

खानेकुरालाई वहाउनुमा त्यति वैज्ञानिक कारण नहुने भएर पनिहोला त्यो खिरको केही अंश छोरीले खाईछन् । अनि भनिछन् हेर्नु त वा मैले यो खिर खाएको छ पितृ झन् खुसी भएर उफ्रिनु भएको । वावाको सहज उत्तर हो नाती नातिनाले खाए पितृले पाए भनेको यही हो ।

शास्त्रमा पनि पिण्ड दानलाई यसरी व्याख्या गरिएको छ । जसरी पशुहरूको भोजन तृप्त र मानिसको भोजन अन्नलाई मानिन्छ त्यसरी नै देवता र पितृहरूको भोजन अन्नको सार तत्व अर्थात् गन्ध, रसलाई मानिन्छ । देवता र पितृ गन्ध तथा रस तत्वबाट तृप्त हुन्छन्

धुपौरोमा घीउ तथा धूपीको धूपहालेर गन्ध निर्मित गरिन्छ। त्यसैगरी विशेष अन्न अर्पित गरिन्छ । तील, अक्षता, कुश र जलका साथ तर्पण तथा पिण्डदान गरिन्छ । यसकारण श्राद्धपक्षमा पितृहरूलाई पिण्डदान र तर्पण गरेर आफन्तएवं बन्धुवान्धव र पण्डितलाई गच्छे अनुसारको पिण्ड सहितको दानअनि मिष्ठान्न भोजन गराउनु पर्छ । सायद पण्डितलाई गराउने दान र भोजन छोरीले गरेकी होलिन् ।

श्राद्ध गर्ने विधिको बारेमा पनि कुनै एक मत पाईदैन आजभोलि । त्यसैले पनि यो प्रचलनलाई समय सापेक्ष परिमार्जन गर्नु पर्ने आवश्यकता रहेको देखिन्छ । कोभिडका कारण अनलाईलन श्राद्ध गर्न मिल्छ भने बिना पण्डित आफ्नो तरिकाले पितृ सम्झेर श्राद्ध गर्न पनि त मिल्छ होलानी?वर्षमा एक दिन सम्झने कुरालाई समय सापेक्ष परिमार्जन गर्दा विरालो वाधेर श्राद्ध गर्ने वाहुन भन्ने कुरीति शव्दबाट पार लाग्न सकिन्छ । त्यो भन्दा ठूलो कुरा आफ्ना साना साना जिज्ञासु बावु नानीहरुको जिज्ञासालाई अझै वढ्ने गरी व्यवहार गर्न सकेमा बालमानसिकतामा उत्पन्न हुने चिच्चाहटपन कमहुन सक्छ अनि वच्चाहरु व्यवहारिक हुन सक्छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button