पोखरा १३ को आर्वालाई फोहोर मुक्त बनाइने

श्रीराम सिग्देल/ पोखरा न्यूज । फोहोरकै कारण विभिन्न रोगहरु फैलिने गरेका छन् फोहोर व्यवस्थापन गर्दै गाउँलाई नै सफा राख्ने प्रतिवद्धता पोखरा–१३ स्थित आर्वा निवासीले सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।

पोखरा–१३ आर्वामा शनिवार आयोजित कार्यक्रमा स्थानीयले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । आर्वामा रहेका ७ वटै टोल विकास संस्थाले प्रतिवद्धता व्यक्त गरेका छन् । पोखरा महानगरपालिका वडा नं १३ का अध्यक्ष दर्शन लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शनिबारदेखि नै फोरोरलाई व्यवस्थित व्यवस्थापन गर्ने र अव्यवस्थित रुपमा फोहोर फाल्नेलाई सचेत गराइने समेत टोल विकास संस्थाले प्रतिवद्धता व्यक्त गरेका छन् ।

फोहोरबाट नै आम्दानी गर्ने योजना वडा कार्यालयले ल्याएको छ । सहभागी सबै टोलका प्रतिनिधिले उक्त योजनालाई सफल पार्ने बचन दिएका छन् । सो अवसरमा बोल्दै अध्यक्ष लामाले शुरुबाटै पोखरा महानगर पालिकाको योजना नै सफा पोखरा बनाउने रहेको र सबै वडा फोहोरमुक्त नभएसम्म त्यो सम्भव नहुने बताउनुभयो ।

उनले पोखरा महानगर पालिकाले महानगर फोहोरमुक्त बनाउन फोहोरको वर्गीकरण गरी घरबाटै अभियान थाल्न आह्वान गरे । फोहोर बाट मोहोर कमाउन सकिन्छ भन्दै उनले फोहोरको वर्गीकरण गरेर बिक्री गर्न सकिने अवधारणा पेश गरेका थिए । कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन सकिने र नकुहिने प्लाष्टिक जन्य फोहोरबाट नगद कमाउन सक्रियाका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा फोहोरमैलाका क्षेत्रमा बिशेष अनुभव संगालेका प्रशिक्षक छवि गौडेलले सहभागीलाई फोहोरमैला सम्बन्धी प्रशिक्षण दिएका थिए । फोहोर ब्यवस्थापन तथा सरसफाइको स्तर उन्नतिकरणबाट आर्थिक बिकास शीर्षकमा उनले तालिम दिएका थिए ।

कार्यक्रममा आर्वाका मोहरपानी आदर्श टोल विकास संस्था , लक्ष्मी नारायण टोल विकास संस्था, अर्धनारेश्वर टोल विकास संस्था , नव दुर्गा टोल विकास संस्था , गाईपानी उपल्लागाउँ टोल विकास संस्था , थापाको चौतारा टोल विकास संस्था र अमलाचौर चापडाँडा टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कृषि बिषयमा अध्ययनरत विद्यार्थी रोशन बरालले फोहोरबाट प्राङगारिक मल बनाउने प्रकृया बारे जानकारी गराएका थिए ।

कार्यक्रमको अध्यक्षता टोल विकास समितिका अध्यक्षहरुमध्यबाट ज्येष्ठ सदस्य टीकाराम बराल र कार्यक्रमको सञ्चालन मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले गरेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button