पोखरामा बुधवार १३ कोरोना संक्रमित थपिए, गण्डकीमा ५६ जनामा कोरोना पुष्टि

पोखरा न्यूज ।  पोखराका  १३ जना सहित गण्डकी प्रदेशमा बुधबार ५६  कोरोना संक्रमित थपिएका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगर वडा नं ८ का १५ र १८ वर्षीय पुरुष तथा ३८ वर्षीया महिला, पोखरा १० का ३१ वर्षीय पुरुष तथा ७ वर्षीया बालिका, पोखरा ११ की ३६ वर्षिया महिला, पोखरा १४ की २३ वर्षीया महिला, पोखरा १५ का ३९ र ६५ वर्षीय पुरुष , पोखरा १७ की २६ वर्षीया महिला, पोखरा २० का २० र ३२ वर्षीय पुरुष, पोखरा २७ की ७४ वर्षीया महिला तथा कास्कीको अन्नपूर्ण गाउँपालिका का ३२ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको जानकारी दिएको हो ।

त्यसैगरि निर्देशनालयले तनहुँ व्यास २३ का २३ वर्षीय पुरुष, व्यास १० का ५ वर्षीय वालक ४८ वर्षीय पुरुष तथा १८ र ४१ वर्षीया महिला, ब्यास २ का ५३ वर्षीय पुरुष तथा भिमाद १ का २६ वर्षीय पुरुष, भिमाद ३ का २६ र ३६ वर्षीय पुरुष, भानु २ का २८ वर्षीया पुरुष, भानु ५ का ३६ वर्षीय पुरुष, आँवुखैरेनी ३ की ८ वर्षीया वालिका र ३३ वर्षीया महिला, २ की ५९ वर्षीय महिला, र देवघाट ५ का ५९ वर्षीय पुरुष गरी तनहुँका ११ जनामा कोरोना सक्रमण पुष्टि भएको जनाएको छ ।

स्याङजा विरुवाका ३० वर्षीय पुरुष, वालिङ ४ का १९ र ४४ वर्षीय पुरुष, वालिङ ११ का ३९ वर्षीय पुरुष तथा ४ का ४३ वर्षीय पुरुष र गल्याङ २ का ३१ वर्षीय पुरुष, वागलुङ काठेखोला ७ का २१ वर्षीय पुरुष तथा ५१ वर्षीया महिला, गल्कोट ५ का ३१ वर्षीय पुरुष तथा ४ का २७ र ५४ वर्षीय पुरुष, जैमीनी ८ का ३३ वर्षीय पुरुष तथा ६ का १८ र ५२ वर्षीय पुरुष, बडिगाड १ का २६ वर्षीया महिला तथा बागलुङ १३ का ६२ वर्षीय पुरुष र पर्वत कुस्माका ५० वर्षीय पुरुष सहित २१, २९ र ३३ वर्षका नेपाल आर्मीमा कार्यरत ३ पुरुषहरुमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी नवलपुर बौदिकाली २ का २७ वर्षीय पुरुष , म्याग्दी बेनी ३ का ३० वर्षीय पुरुष, लमजुङ मध्येनेपाल ६ का १० वर्षीया बालिका तथा १६ , ३० र ५८ वर्षका पुरुष र  १० की ३५ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button