स्याङ्जामा पहिरोमा पुरिँदा २ को मृत्यु, ८ जना बेपत्ता

पोखरा न्यूज । स्याङ्जामा पहिरोमा पुरिँदा दुई जनाको मृत्यु भएको छ भने पहिरोमा परी ८ जना बेपत्ता भएका छन् ।

अविरल वर्षापछि स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परेका ८ जना सम्पर्कविहीन भएका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ ।

स्याङ्जाको वालिङ –१४ तमाधी स्थित माया परियारको घर पहिरोले पुरिदा घरमा रहेका १० जना मध्ये एकजनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । पहिरोमा परेका एकजनाको भने जीवितै उद्धार भएको छ । घर माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको पहिरोले पुरिएर मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताउनुभयो ।

वडा अध्यक्ष पाण्डेका अनुसार गएराति २ बजे गौतम टोलका मानबहादुर नेपालीको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका कृष्ण नेपालीको पुरिएर मृत्यु भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button