चलचित्र ‘तीन जन्तु’ अग्रेजी नयाँवर्षबाट प्रदर्शन गर्ने तयारी

पोखरा। नेपाली चलचित्र तीन जन्तु अग्रेजी नयाँ वर्ष २०२१ को दिन अर्थात आगामी पौष १७ गतेबाट प्रर्दशन गर्ने तयारी गरिएको छ ।

हालै चलचित्रको टिजर सार्वजनिक गरेर निर्माण पक्षले सो जानकारी दिएको हो । ‘अग्रेजी नयाँ वर्ष २०२१ अर्थात आगामी पौष १७ गतेबाट चलचित्र प्रर्दशन गर्ने तयारी हो’ निर्माता मध्यका एक सन्तोष अधिकारीले पोखरा न्युजसँग कुरा गर्दै भन्नुभयो ।

कोरोनाको महामारीका कारण अवस्था सामान्य बनिनसकेकोले चलचित्र प्रर्दशन गर्ने भनिएको समयसम्म परिस्थिति कस्तो बन्छ त्यसले चलचित्र प्रर्दशनको समय निर्धारण गर्ने उहाँले खुलाउनुभयो । यसको लागि आफुहरु पुरै तयार रहेको सन्देश ‘टिजर’ सार्वजनिक गरेर दिएको निर्माण पक्षले जानकारी दिएको छ ।

अहिलेको समयका कारण प्रेस मिट गरेर यसको बारेमा जानकारी दिन नसकेकोले टिजर सार्वजनिक गरेर चलचित्रको बारेमा दर्शकलाई जानकारी र कौतुहलता प्रदान गर्न खोजिएको अधिकारीको भनाइ छ । टिजरलाई दर्शकले रुचाएको निर्माण पक्षको दावी छ । चलचित्रमा सौगात मल्ल, अपर्ण थापा, सृष्टि श्रेष्ठ, रोविन तामाङ आदि कलाकारको अभिनय रहनेछ ।

चलचत्रिको छायाकंन लकडाउन हुनुभन्दा अगाडि बाटनै सुरु भएको हो । निर्माता अधिकारी भन्नुहुन्छ–‘अहिले चलचित्रको ८० प्रतिशत छायाकंन सम्पन्न भएको छ । अब २० प्रतिशत छायाकंन हुन बाँकी छ ।’ चलचित्रको छायाकंन चितवन र तातोपानीमा गरिएको हो । सुटिङको लागि लामो समयसम्म होल्ड गरेर राख्दा बजेट बढेको निर्माण पक्षको भनाई छ ।

चलचित्रको कथा २०३० सालको हो । दुईजना भरियाको कथालाई चलचित्र मार्फत देखाउन खोजिएको छ । भरियाको भुमिकामा सौगात मल्ल र अर्पण थापाले देख्न सकिन्छ । सोही समयको झझल्को आउने गेटअपमा उनीहरु देखिएका छन् । एउटा घर, दुईजना चोर, एकजना रहस्यमय युवती अनि दुईवटा बाकस वरिपरी कथा घुमेको छ ।

अर्पण थापाको निर्देशनमा तयार हुने चलचित्रको निर्मातामा सन्तोष अधिकारी, हरि तामाङ र केल्ली जोय रहेका छन् । आलोक शुक्लाले छायाकंनमा र मिलन श्रेष्ठको सम्पादनमा मेहनत गर्देछन् ।फस्ट थिङ्क इन्टरटेन्मेन्ट, एएसएपी इन्टरटेनमेन्ट र एटिएफ प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्र वितरणका जिम्मा रिच इन्टरटेन्मेन्ट, जिजिए गुप्र र एफडिकम्पनीले लिएका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button