पोखरामा एकैपटक २६ कोरोना संक्रमित थपिए

पोखरा न्यूज । पोखरामा सोमबार बिहान एकैपटक २६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा  गरिएको परीक्षणमा सोमबार बिहान कास्कीको  पोखरा महानगरपालिकाका ११ वटा वडाका २६ जना र नवलपुरका १ जना गरी थप २७ जनामा कोरोना देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा पोखरा – ३ का २२, २३, २२ , २४ , २५, २६, २५, २७ , ३० र ३८ वर्षीय पुरुष, पोखरा ७ का २६ र २९ वर्षीय पुरुष, पोखरा १० का २८ र ६४ वर्षीय पुरुष,  पशुपंक्षी तथा मत्स्यविकास निर्देशनालय पोखरामा कार्यरत चिकित्सक पोखरा १२ का  ३६ वर्षीय पुरुष, पोखरा ११ का २८ र ३० वर्षीय पुरुष, पोखरा १३ का ३६ वर्षीया महिला , पोखरा १४ का २२ वर्षीय पुरुष ,५२ वर्षीया महिला तथा  फेवासिटी असपतालमा उपचाररत ५१ वर्षीय पुरुष  , पोखरा १७ का २० वर्षीय पुरुष, पोखरा १९ का ५५ वर्षीय पुरुष, पोखरा २२ का २९ वर्षीय पुरुष, पोखरा ३० की ५१ वर्षीया महिला र पोखराका  वडा  नखुलेका ४९ वर्षीया महिला रहेको निर्देशनालयले जनाएको छ  ।

त्यसैगरी नवलपुर जिल्ला मध्यबिन्दु नगरपलिकाका २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस सँगै  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय २ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button