नवलपुरमा हात्तीको आक्रमणबाट माउतेको मृत्यु

नवलपुर । हात्तीको आक्रमणबाट एकजना माउतेको ज्यान गएको छ ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती नगरपालिका-१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नं १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो । रिसोर्टमा पालिएको निजी हात्तीलाई पानी खुवाउन लैजाने क्रममा आज लोकबहादुरलाई हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट घाइते भएका उहाँको चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल लैजाने तयारी भइरहेको प्रहरी प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button