स्क्रयावल क्लव पोखराको सक्रियतामा अन्तर्राष्ट्रिय भर्चुअल अन्तक्रिया

पोखरा । स्क्रयावल क्लव पोखराको सक्रियतामा भर्चुअल मार्फत शिक्षकहरुका विच अन्तर्राष्ट्रियस्तरको अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

विश्वका शिक्षकहरुका विच सिकाई कार्यक्रमहरु आदान प्रदान गर्ने उद्धेश्यका साथ उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल, भारत, बँगलादेश, पाकिस्तान, मलेसिया, ग्रीस, केन्या, इटली, फिलिपिन्स, रोमानिया र भियतनाम गरी ११ देशका २१ जना शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले कोभिड १९ को महामारी वेला आ–आफ्ना मुलुकहरुले अवलम्वन गरेका स्वास्थ्यका उपायका वारे तथा सिकाईहरु आदान प्रदान गरेका थिए ।

कार्यक्रमका सहभागीहरुले सिकाइ रुपान्तरणका लागि आफूले अभ्यास गरी उपयुक्त ठहर गरेका सुत्रहरु आफुजस्तै अरु शिक्षकहरुले उपयोग गर्न तथा पेशागत सहयोग, सहकार्य र साझेदारीको लागि उल्लेख्य मद्दत पु¥याउने कुरामा जोड दिएका थिए । शिक्षण सँस्कृतिमा आपसी सद्भाव र सिकाइको आदान–प्रदानले विश्व नागरिकको निर्माणमा बलियो आधारशिला तयार गर्ने हुनाले आगामी दिनहरुमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने कुरामा सहभागीहरु सहमत रहेको क्लवका अध्यक्ष केशव प्रसाद पराजुलीले बताउनुभयो ।

अमेरिकी राजदुतावास काठमाडौंका साँस्कृतिक मामिला अधिकारी कार्ल रोगर्सको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा अमेरिकन कर्नर निर्देशक सुलभ भट्ट तथा सार्क शिक्षक महासँघका कार्यकारी महासचिव लक्ष्मण शर्माले आफ्ना भनाईहरु राख्नुभएको थियो ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button