पोखरामा बिहीबार ३५ कोरोना संक्रमित थपिए,

पोखरा न्युज । गण्डकी प्रदेशमा बिहीबार हाल सम्मकै सर्वाधिक कोरोना संक्रमित थपिएका छन ।  कास्कीको पोखरा महानगरका ३५ सहित तनहुँका ११, वागलुङका ५१, गोरखाका ७, म्याग्दीका ४, नवलपुरका ५८ र लमजुङका ३ जना गरी थप १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको  ।

संक्रमण पुष्टि हुनेहरुमा पोखराको चरक मेमोरियल अस्पतालमा नमुना संकलन गरिएका १ पुरुष र ५ महिला, गण्डकी मेडिकल कलेजमा नमुना संकलन गरिएकी १ महिला, पोखरा ३ का एक पुरुष, ४ का १ पुरुष, ७ का १ पुरुष, ८ का ४ पुरुष र २ महिला, ९ का ६ पुरुष, १० का २ पुरुष र १ महिला, ११ की १ महिला र २ पुरुष, १२ का १ पुरुष र १ महिला, १४ का १ पुरुष, १५ का १ पुरुष, १६ का २ पुरुष , १७ का २ पुरुष र १ महिला, २६ की १ महिला तथा २७ का १ पुरुष र वडा नखुलेका एक पुरुष रहेका छन् ।
त्यस्तै तनहुँको ब्यास १ का दुई पुरुष र एक महिला , २ का एक पुरुष, ४ का १० वर्षीय बालक र ५ वर्षिया बालिकासहित तिन महिला, ५ का एक पुरुष तथा पालिका नखुलेका २ महिला, म्याग्दीको बेनीका वडा नखुलेका दुई पुरुष, मंगला १ की एक महिला र रघुगंगा ५ का एक पुरुष, गोरखा पालुङटार ७ का २ पुरुष र ४ महिला, ८ की ९ वर्षीया बालिका, लमजुङ दुधपोखरी वडा नं १ का १ पुरुष र १ महिला तथा सुन्दरबजारका वडा नखुलेका एक पुरुष रहेका छन ।

त्यस्तै वागलुङ काठेखोलाका २ पुरुष, तमानखोलाका २ महिला र १ पुरुष, वागलुङ नगरपालिकाका १० वर्षीया बालिका सहित ३ महिला र ४१ जना पुरुष, नवलपुर कावासोतीका ४ वर्षीय बालक सहित ५३ पुरुष र ११ जना महिला, हुप्सेकोटका २ महिला र २ पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ५६ पुगेको छ । बिहीबार थप १८ जना डिस्चार्ज भए संगै प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ४ सय ८८ पुगेको छ ।

पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ । निर्देशनालयका अनुसार कोरोना सङ्क्रमण भई गण्डकी मेडिकल कलेजमा उपचाररत तनहुँ जिल्ला, ब्यास नगरपालिका-३ का ६५ बर्षीय पुरुषको उपचारका क्रममा गए राति ११:५० बजे मृत्यु भएको हो । मृतकमा मधुमेह र उच्च रक्तचाप सम्बन्धि समस्या रहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button