‘छुट्नलाई पो रैछ क्यारे’ गीतको भिडियो सार्वजनिक

पोखरा ।  माओत्से गुरुङले निर्देशन गरेको ‘छुट्नलाई पो रैछ क्यारे’ गीतको भिडियो सार्वजनिक भएको छ ।

१४ मिनेट अवधिको म्युजिक भिडियोमा चर्चित अभिनेता पुष्प खड्का मुख्य भुमिकामा रहनुभएको छ । खड्कालाई यही म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा डेब्यु गर्नुभएकी जानु पोख्रेलले साथ दिनुभएको छ । उहाहरुसँगै कलाकारहरु प्रकाश घिमिरे, नवराज गिरी, आशिष अधिकारी, आकृति पण्डित, सृष्टि केसी, उज्वल ढकाल, राजन केसी, आभा पोखरेल, शशांक श्रेष्ठको अभिनय समेत भिडियोमा हेर्न पाइन्छ ।

प्रोडक्सन मेनेजर डिबी गुरुङ रहेको भिडियोमा सिनेमेट्रोग्राफरको जिम्मा खिमबहादुर गुरुङले निभाउनुभएको छ । एसिस्टेन्ट डाइरेक्टरमा कमलबहादुर गुरुङ र पवित्रा गुरुङ, तथा मेकअपमा आशिष गुरुङले आफ्नो प्रतिभा देखाउदै भिडियोलाई आर्कषक बनाउन सघाउनुभएको छ ।

गीतमा थानेश्वर गौतम तथा शान्ति श्री परियारको आवाज रहेको छ । गायक थानेश्वर गौतमकै संगीत, प्रभा बर्तौलाको रचनाको यस गीतको भिडियो पोखरामा छायाकंन गरिएको हो । हालसम्म ३ सय गीतमा काम गरिसक्नुभएका गायक गौतमले फरक–फरक काम गर्न मनपराउने आफ्नो विशेषता भएको बताउनुहुन्छ । झण्डै ७ लाखको लगानीमा भिडियो निर्माण गर्न लागेको उहाँको दावी छ ।

गाउँ सम्बन्धी गीत रुपै राम्रो रुपातालको, बोस्रीस व्याण्डको गीत मृग नयनी सहित केही म्युजिक भिडियो निर्देशन गरिसक्नुभएका निर्देशक गुरुङले म्युजिक भिडियो निर्देशनमा कमब्याक गर्नु भएको हो । सबै कलकारको अभिनय, लोकसेन तथा गीतको कारण भिडियोले दर्शकको माया पाउने निर्देशक गुरुङको अपेक्षा छ । गीतको मर्म अनुसारको भिडियो निर्माण गर्न निकै मेहनत गरेको उहाँ बताउनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button