बागलुङमा खोलाले बगाउँदा ७ वर्षीय बालकको मृत्यु

पोखरा न्यूज । बागलुङ जिल्ला वडिगाड गाउँपालिका–७ भीमगिठ्ठे निवासी ७ वर्षीय बालक अनुप केसी को खोलाले बगाएर मृत्यु भएको छ ।

घरबाट दुई सय मिटर दक्षिणतर्फ रहेको भीमगिठ्ठे खोलामा पौडी खेल्न गएका केसीलाई खोलाले बगाएको हो । उनलाई शनिवार दिउसो १.४५ बजे खोलाले बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार खोलाले बगाएको केसीलाई घटनास्थलबाट दुई किलोमीटर तलको दुरीमा स्थानीयले मृत अवस्थामा फेला पारेका थिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाइएको जिल्ल प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button