पोखरामा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

पोखरा न्यूज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्री- आइशोलेसन वार्डमा उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ ।

असोज ३०  गते अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका लागि आएकी पोखरा ३ की ५६ वर्षीया महिलाको प्री- आइशोलेसन वार्डमा उपचारको क्रममा राति ९ :१५ मा  मृत्यु भएकोमा कोभिडको आशंकामा गरिएको परीक्षणमा नतिजा पोजेटिभ आएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

यस सँगै प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म ५० जनाले ज्यान गुमाएका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button