पोखरा महानगरका १२८ सहित कास्की जिल्लामा १३२ कोरोना संक्रमित थपिए

पोखरा न्यूज । गण्डकी प्रदेशमा सोमबार २ सय ३० कोरोना संक्रमित थपिएका छन् । सोमबार पोखरा महानगरका सर्वाधिक  १ सय २८ जना सहित कास्की जिल्लामा मात्र  १ सय ३२ कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ  ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका १ का १ पुरुष, २ का १ पुरुष, ३ की १ महिला, ४ का २ पुरुष, ५ का ३ पुरुष तथा ७ महिला , ६ का ६ पुरुष तथा २ महिला, ७ का  ९ पुरुष तथा २ महिला , ८ का ४ पुरुष तथा ३ महिला , ९ का १९ पुरुष तथा ४ महिला, १० का ८ पुरुष तथा ४ महिला, १२ का १ पुरुष तथा १ महिला, १३ का २ पुरुष तथा १ महिला, १४ का ३ पुरुष तथा १ महिला, १५ का ४ पुरुष तथा १ महिला, १७ का ४ पुरुष तथा ३ महिला, १८ का १ पुरुष, १९ का १ पुरुष, २० का १ पुरुष तथा १ महिला, २३ का १ पुरुष, २५ का २ महिला, २६ का ३ पुरुष, २९ का ३ पुरुष तथा १ महिला, ३० का २ पुरुष, ३३ का १ पुरुष,.वडा नखुलेका २ पुरुष तथा १ महिला रहेका छन् ।

चरक मेमोरियल अस्पतालमा नमुना संकलन गरिएका ४ महिला तथा १ पुरुष,फेवासिटी हस्पिटलबाट नमुना संकलन भएका १ पुरुष तथा १ महिला, मेडी प्लस हस्पिटलबाट नमुना संकलन भएका १ पुरुष तथा २ महिला, पोखरामा प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत एक महिला तथा कास्कीको मादी गाउँपालिकाका वडा नखुलेका २ पुरुष र २ महिलामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै स्याङजा आधिखोला ३ की १ महिला, फेदीखोला ३ का १ पुरुष, भिरकोटका ७ पुरुष तथा ४ महिला, वालिङ ३ का १ पुरुष, बागलुङको बागलुङ नगरपालिकाका १ का १ पुरुष, २ का ४ पुरुष तथा ३ महिला, १० का १ पुरुष तथा १ महिला, १३ की १ महिला, ताराखोला १ का १ पुरुष, काठेखोला ५ का १० पुरुष, ६ का १ पुरुष, पर्वत मोदी २ का २ पुरुष, लमजुङ सुन्दरबजारका ३ पुरुष तथा १ महिला, बेसीसहर ७ की १ महिला र गोरखा १३ की १ महिलामा कोरोना देखिएको हो ।

तनहुँको शुक्लागण्डकी ४ का १ पुरुष, ब्यास २ का ३ पुरुष तथा १ महिला, ३ का १ पुरुष तथा १ महिला, ४ का १ पुरुष तथा २ महिला, १० का १ पुरुष , ११ का २ पुरुष तथा १ महिला , वडा नखुलेका २ पुरुष तथा १ महिला, भिमाद ५ का १ पुरुष, ६ का १ पुरुष, म्याग्दे २ का १ पुरुष, दुलेगौंडा २ का २ पुरुष, ४ की १ महिला, भानु २ का १ पुरुष , वडा नखुलेका १ पुरुष तथा १ महिला, आवुखैरेनी ३ का ५ पुरुष, ब्यास ११ का १ पुरुष तथा १ महिला, शुक्लागण्डकी ७ की १ महिलामा सोमबार कोरोना पुष्टि भएको हो ।

त्यस्तै नवलपुर देबचुली २ का २ महिला, १३ की १ महिला , १६ का २ पुरुष र कावासोती २ का १ पुरुष, ८ की १ महिला, १६ का १ पुरुष १ महिला, गैंडाकोट २ की १ महिला, ४ का २ पुरुष, ५ का १ पुरुष, १० का १ पुरुष, १४ का १ पुरुष, १५ का १ पुरुष तथा १ महिलामा कोरोना देखिएको हो ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ६० पुगेको छ । सोमबार थप ८९ जना डिस्चार्ज भएसँगै प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ६ सय ५ पुगेको छ ।

गण्डकी प्रदेशमा सोमबार थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको छ । बागलुङको बागलुङ नगरपालिका-१३ स्थायी घर भई पर्वतमा बस्दै आउनुभएकी ४८ वर्षिया संक्रमित महिलाको आइतबार साँझ ७ बजे कुश्मा नगरपालिका – ५ मा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महिलामा कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएकोमा हस्पिटलले होम आइसोलेशनमा बस्न सिफारीस गर्दै डिस्चार्ज गरेपछि कार्तिक २ गते आइतबार पर्वत पुगेकी महिलाको सोहिदिन निधन भएको हो ।

त्यस्तै नवलपुर देवचुली ११ की ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा सोमबार दिउसो १२:३० बजे र नवलपुर गैंडाकोट १२ का ८५ वर्षीय पुरुषको असोज ३० गते साँझ ५ बजे कोरोनाबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button