पोखराका १९ सहित गण्डकी प्रदेशमा ३८ कोरोना संक्रमित थपिए

पोखरा न्यूज । गण्डकी प्रदेशमा बुधबार दिउसो पोखरा महानगरपालिकाका १९ सहित ३८ जना कोरोना संक्रमित थपिएका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकाका १९ सहित ५ जिल्लाका  गरी ३८ जनामा कोरोना पुष्टि भएको जनाएको हो । पोखरामा संक्रमित हुनेहरुमा वडा नं ३ का १ पुरुष र १ महिला, ५ का १ पुरुष, ७ का १ पुरुष, ८ की १ महिला, ९ का १ पुरुष, १२ की १ महिला, १३ का १ पुरुष, १५ का २ पुरुष, १६ का १ पुरुष, १७ का २ महिला, २५ का १ पुरुष, चरक मेमोरियलमा उपचाररत २ पुरुष १ महिला, मेडी प्लसमा उपचाररत १ महिला र फेवासिटीमा उपचाररत १० वर्षीया बालिका रहेका छन ।

त्यस्तै पर्वत जिल्ला जलजला गाउँपलिकाको वडा नखुलेका १४ पुरुष र २ महिला, वागलुङ जिल्ला वागलुङ नगरपालिकामा वडा नखुलेका १ पुरुष, गोरखा आरुघाट ९ का १ पुरुष, म्याग्दी बेनी २ का १ पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button