गण्डकीका तिन जिल्लामा थपिए १९ कोरोना संक्रमित

पोखरा न्यूज । गण्डकी प्रदेशका तिन जिल्लामा १९ कोरोना संक्रमित थपिएका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ, गोरखा र नवलपुरमा गरि १९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन । तनहुँको भानु नगरपालिका ३ का १ पुरुष र ११ का १ पुरुष, गोरखा भिमसेन थापाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नवलपुर गैंडाकोट १ का १ महिला र १ पुरुष, ५ का १ पुरुष, १० का १ पुरुष र १५ की १ महिला, देवचुली ११ का १ पुरुष, १३ की १ महिला, १४ की १ महिला, १६ का ३ पुरुष र १७ का ३ महिला, कावासोती ८ का १ पुरुष र १३ की १ महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ८ सय ३२ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button