गण्डकीमनोरन्जनमुख्य खबरसमाचार

प्राविधिक पक्षले मात्र फिल्म राम्रो हुँदैन :उत्तम न्यौपाने

पोखरा न्यूज । सिनेमा अडियो सोसाइटीको एक्टिभ मेम्बर हुनुहुन्छ नेपालका उत्तम न्यौपाने ‘सिएएस’ । गत भदौमा एक्टिभ मेम्बरको रुपमा छानिनुभएका न्यौपानेले सोसाइटीको एक्टिभ मेम्बर बने सँगै नामको पछाडि ‘सिएएस’ लेख्न पाउनु भएको छ । नामको पछाडि ‘सिएएस’ लेख्ने उहाँको केही वर्ष अगाडिको धोको थियो । जुन अहिले आएर पुरा हुँदा उहाँ उत्साहित बन्नुभएको छ । ‘साउण्डमा काम गर्नेको रहर हुन्छ नामको पछाडि सिएएस लेख्ने । अडियो इञ्जिनियरको नाम पछाडि सिएएस देख्दा मलाई रहर लाग्थ्यो । अहिले पुरा भएको छ’ खुशी हुँदै उहाँले भन्नुभयो ।

सिनेमा अडियो सोसाइटीको वेभसाइटमा एक्टिभ मेम्बरमा उत्तम न्यौपाने सहित रोनाल्ड बेली, साइमन बास्से, गेरेथ कजिन्स, जान डेका, क्रिस्टोफर ह्यारिस, स्टुअर्ट हिलिकर, डान केल्ली, जिन मार्टीन, कोर्नाड पिनोन, रिक स्च्नुप, बेन सिन्क्लेर, अलेक्स सलिभन, डेभिड वाइमन र गिडेन जारेत्स्कीको नाम देख्न सकिन्छ । नेपाली फिल्मका चर्चित साउण्ड डिजाइनर (मिक्सर, इडिटर) को रुपमा परिचित बनिसक्नुभएका न्यौपानेले सिनेमा अडियो सोसाइटीको एक्टिभ मेम्बर बन्नका लागि सन् २०१५ बाट प्रयास गर्नुभएको थियो ।

‘सिनेमा अडियो सोसाइटीमा म सदस्य हुनु नेपालको लागि फाइदा हो । भारतकानै ३, ४ जना मात्र छन् । अब ग्लोवल मार्केटमा कसरी नेपाली फिल्मलाई पु¥याउन सकिन्छ ध्यान दिन्छु । केही सीमित फिल्म बाहेक अहिले नेपाली फिल्म नेपालमा मात्रै सीमित भएको छ । अब बाहिरका फिल्म तथा फिल्मकर्मीसँग कसरी एशोसिएट हुन सकिन्छ भन्नेमा मेरो ध्यान हुनेछ’ पोखरा न्यूजसँग कुरा गर्दै न्यौपानेले भन्नुभयो ।

सोसाइटीको एक्टिभ मेम्बर भएपछि सबैको राम्रो रेसपोन्स राम्रो पाएको उहाँ बताउनुहुन्छ । नेपालमा सिनेमा अडियो सोसाइटी के हो भनेर थाहा पाउने निकै कम हुनुहन्थ्यो । तर बाहिरबाट धेरै राम्रो ‘फिडव्याक’ आइरहेको छ । कतिले बुझ्नु भएको छैन । जसको फिल्म हेरेर प्रभावित थिए । उहाँहरुसँगै नाम आउँदा मलाई भने गर्व ‘फिल’ भएको छ ।

‘सोसाइटीको एक्टिभ मेम्बर बन्नको लागि नेपालबाट यस अगाडि कसैले एप्लाई गर्नु भएको थियो की थिएन त्यो थाहा भएन । तर सिनेमा अडियो सोसाइटीमा एशोसिएट भएको भए त पक्कै थाहा हुन्थ्यो । एशोसिएट हुने म पहिलो हो’ उहाँको दावी छ ।

यसमा एशोसिएट हुन उहाँले सन् २०१५ बाटैनै प्रयास गर्नुभएको थियो । कामहरु ‘भेरीफाइड’ भएको थिएन । त्यसको ‘क्राइट एरिया मिट’ गरेको थिएन । यसपटक बल्ल सफल भए । सदस्य हुन सिनेमा अडियो सोसाइटीकै इञ्जिनियरले भेरीफाइड गर्नुपर्छ । दुईजनाले भेरीफाइड गरिदिनु भयो । त्यति ठूलो मानिसले मेरो कामलाई भेरिफाइड गर्नुभयो । अब यसले धेरै अवसरहरु प्रदान गर्नेछ । किनकी सिनेमा अडियो सोसाइटी विश्वकै ख्यातिप्राप्त संस्था हो । एक्टिभ मेम्बर भएपछि अवार्डको लागि भोटिङ राइट समेत हुन्छ ।

‘यो मेरो लागि मात्र हैन नेपाली फिल्म क्षेत्रको लागि महत्वपूर्ण उपलब्धि हो । नेपालको मानिस पर्नु ठूलो कुरा हो । अब नेपाली फिल्मलाई बाहिरको फिल्मसँग कम्युनिकेशन गराउछु । सिक्न पाउने भए । उनीहरुलाई नेपाली फिल्मको बारेमा बताउन पाउने भए । विभिन्न ठाउँमा अवसर पाउन सजिलो भयो’ उहाँले थप्नुभयो । आफु एक्टिभ मेम्बर भएपछि अडियोको क्षेत्रमा काम गरिरहनुभएको अरु नेपालीमा समेत हामीले पनि गर्न सक्छौ भन्ने भाव बढाएको, जोश बढाएको छ । कतिलाई सिनेमा अडियो सोसाइटी थाहा नै थिएन थाहा नभएकोलाई यसको बारेमा थाहा भएको उहाँको बुझाइ छ ।

न्यौपाने फिल्ममा साउन्डको भूमिका महत्वपूर्ण भएपनि साउण्डलाई ‘इण्डिभिजुली साउन्ड’ मात्र भन्ने बुझ्नु भन्दा ‘न्यारेटिभमा साउन्ड’ले कतिको महत्व राख्छ सोह अनुसार बुझ्नुपर्ने बताउनुहुन्छ । फिल्मको ‘न्यारेटिभमा साउन्ड’ले कतिको ‘हेल्प’ गरिरहेको भन्ने कुरा सबैभन्दा प्रमुख हुन्छ । नेपालको परिपेक्ष्यमा अहिले साउन्ड भर्ने काम मात्र भइरहेको छ । ‘साउन्ड स्टोरी टेलिङ’को लागि महत्वपूर्ण पाटो भएपनि यो कुराको बुझाई प्रयाप्त छैन । सिक्दै बुझ्दै जानेहरु केही त हुनुहुन्छ । केही राम्रा फिल्म मेकरले र सीमित डाइरेक्टरले ध्यान दिनुभएको छ । अब विस्तारै हुन्छ होला भन्ने आशा छ ।

त्यसोत न्यौपानेको जन्म रौतहट जिल्लाको मैरामा भएको हो । उहाँ फिल्ममानै केही गर्छु भनेर काठमाण्डौ पुग्नु भयो । सु्रुमा फिल्मको बारेमा कहाँ बुझ्ने, कसरी बन्छ भन्ने उहाँलाई थाहा थिएन ।

काठमाण्डौ आउनुको एउटा लक्ष्य हिरो बन्नु समेत रहेको उहाँले खुलाउनुभयो । मुख्य एजेण्डा हिरो नै बन्छु भन्ने नभएपनि मनमा हिरो बन्ने रहर थियो । किनकी गाउँघरतिर उहाँले नाटकमा, साँस्कृतिक कार्यक्रममा भाग लिने गरिरहने । अर्को कुरा न्यौपानेमा असाध्यै फिल्म हेर्ने लत थियो । पढाइमा भन्दा खाली सिनेमा हल तिर जाने फिल्म हेर्ने स्वभाव । फिल्म तर्फ सानैदेखि नै रुचि भएकोले दिमागमा छाप नै काठमाण्डौमा हिरो बन्न जानुपर्छ भन्ने थियो ।

तर, उहाँलाई फिल्ममा भन्दा इलेक्टोनिक्समा धेरै रुचि थियो । इलेक्टोनिक्सतर्फ र फिल्ममा अभिनय दुइवटै रहरलाई सँगसगै लैजान्छु भन्ने समेत सोच बनाउनुभयो । जब काठमाण्डौमा एक–दुईवटा फिल्मको सुटिङहरु हेर्नुभयो । अभिनयको बारेमा केही बुझ्नुभयो । त्यसपछि फिल्म खेल्छु भन्ने चाहना हरायो । फिल्म खेल्ने चाहना हराएपनि इलेक्टोनिक्सको रुचिले भने छोडेन । त्यही रुचिले स्टुडियो सम्म लग्यो ।

साउन्डको क्षेत्रमा केही गर्ने सिक्ने जोश काठमाण्डौ सुरुमा आउँदा जस्तो थियो अहिले समेत त्यस्तै रहेको उहाँ बताउनुहुन्छ । । ‘अब हिरो बन्ने सोच छैन । फिल्म भनेको जोक्स हैन रहेछ भन्ने कुरा थाहा भयो । जसरी मानिसले लिइरहेका छन् । बुझिरहेका छन् त्यो गलत रहेछ’ न्यौपानेले बताउनुभयो ।

पर्दामा जे देखेको थिए त्यसको प्रभाव मात्र परेको भएर काठमाण्डौ छिरे । तर मैले आफुले आफुलाई चिन्दा कहिल्यै ‘एक्टर’ भइन । पर्दामा कुनै कलाकार देख्दा प्रभावित भए । क्षणिक रहरले मात्र मोहित भए । फ्याक्ट कुरा गर्दा मलाई स्कुल पढ्दादेखि इलेक्ट्रोनिक साउन्डमा रुचि थियो ।

प्रवेशिका परीक्षा पश्चात २०५९ सालमा रौतहटमा काठमाण्डौ हानिनुभएको न्यौपाने काठमाण्डौ आइसकेपछि म्युजिकमा काम गर्न थाल्नुभयो । दाइ टंक न्यौपानेले म्युजिक रेकडिङ स्टुडियोमा साउण्ड रेकर्ड गर्नु हुन्थ्यो । तहाँ नै उहाँले काम गर्न थाल्नुभयो । उहाँ पब्लिक कलेजमा भर्ना भए । नुवाकोटका साथी कलेजमा भेट भए । उनीहरुको संगीतमा रुचि थियो । सोही कारण उहाँलाई सजिलो भयो । उनीहरुलाई आफ्ना मनका रहर भन्नुभयो । साथीकै आग्रहमा उहाँले प्रदीप उपाध्यायसँग भेट गर्नुभयोे । घरमानै गएर भेट्दा बेसिक साउण्डको पढाइ हुदैछ तिम्ले पढ भनेर प्रदीपले सुझाउनुभयो । अनि प्रदीपसँग तीन महिना कोर्ष गर्नुभयो ।

न्यौपानेले इमनविक्रम शाहकोमा, नीर शाहकोमा समेत काम गर्नूभयो । यसै क्रममा दीप तुलाधरसँग उहाँको भेट भयो । तुलाधरबाट संगीतको बारेमा थप जान्ने अवसर मिल्यो । यसैक्रममा एक जना अडियो इन्जिनियरले साउन्डको बारेमा हासिल गर्न फिल्म स्टुडियो जानुपर्छ भन्ने सल्लाह दिनुभयो । अनि फिल्म स्टुडियोमा पुगेर निखारता थप्नुभयो ।

वृत्तचित्र, सर्ट फिल्म र गीत रेर्कडिङको क्षेत्रमा समेत काम गर्नुभएका न्यौपाने साउन्ड क्षेत्रमा काम गर्दा आम्दानी ठिकै भएको बताउनुहुन्छ । असन्तुष्ट वा निरास हुनुपर्ने अवस्था छैन । तर व्यवसायिकता भने यो क्षेत्रमा छैन, अब व्यवसायिकता हुनुहुर्छ । फिल्ममा साउन्डको आउटपुट राम्रो आउन मेहनतमा भर पर्छ । मेहनत कती गर्नुहुन्छ, कति समय दिएर काम गर्नुहुन्छ सोही अनुसार आउटपुट आउने हो ।

राम्रो फिल्म बनाउन धेरै तयारी गर्नुपर्ने उहाँको सुझाब छ । कुन क्यामेराले खिच्ने कस्तो प्रविधि प्रयोग गर्ने भन्दास्टोरी के छ । स्क्रिफ्ट राइटिङ कस्तो छ । कलाकार कस्तो छानिएको छ । कस्तो फिल्म बनाउने हो । अडियन्सलाई पार्टीसिपेट गराउन सकिन्छ की सकिदैन त्यो महत्वपूर्ण कुरा हो । किनकी फिल्म राम्रो बन्न एक अर्का पक्षको तालमेल हुनुपर्छ । म फिल्म निर्मातालाई के सल्लाह दिन चाहन्छु भने टेक्निकल एक्सपोर्टहरु छन्, उनीहरुसँग बसरे सोध्नु, जान्नु, बुझ्नु र तर फिल्म राम्रो हुन प्राविधिक पक्षले मात्र हुँदैन कसरी राम्रो बनाउने भन्नेमा प्राविधिक पक्ष बाहेकका कुराले समेत धेरै महत्व राख्छ ।

प्राविधिकलाई काम गर्न पर्याप्त समय दिनुपर्ने उहाँको भनाई छ । ‘एक हप्ता लाग्ने एसाइमेन्ट एक दिनमा गरेर ले भन्यो भने आउटपुट राम्रो आउँदैन । यहाँ जति पनि प्राविधिक छन् समय दिएर काम गर्नुपर्छ । पर्याप्त समय नदिँदा काम विर्गन सक्छ । प्राविधिकले समेत कुन मानिससँग काम गर्ने । कुन सँग काम नगर्ने । कुन फिल्म गर्ने या नगर्ने निर्णय गर्न जान्नुपर्छ ’उहाँले भन्नुभयो ।

राम्रो सँग काम गर्न २ देखि ३ महिनाको समय चाहिन्छ । तर मुस्किलले एक महिनाको समय पाइन्छ । फेरि काम भइरहेको हुन्छ । फलानो ठाउँमा ‘पब्लिक सो’ छ भन्नुहुन्छ । साउण्ड डिजाइनर, मिक्सर इञ्जिनियर भनेको एउटा आर्टिष्ट हो । मैले कुनै फिल्ममा साउन्ड हाले भने त्यो किन हाले भन्ने उत्तर उनीहरुसँग हुन्छ । आजको समयमा साउन्ड महत्वपूर्ण पाटो बनेको छ । टेक्निकल कुरो एउटा हो । टाइम फ्याक्टर अर्को कुरा हो । मैले साउन्डलाई पनि समय दिनुपर्छ । १५ दिन लाग्ने काम मलाई एक हप्तामा जसरी पनि देल भन्दा प्रेसर हुन्छ । फिल्मको रिलिज रोकियो भने फाइनान्सली कति घाटा हुन्छ । प्रेसर हुन्छ । सोही कारण आफुले अनुभवबाट माइन्ड सेट गरेको उहाँले खु्लाउनुभयो ।

‘कसको गर्ने नगर्ने भन्ने पाठ सिके । मैले गरेकोमा पनि विग्रेका छन् । अडियन्सलाई थाहा हुदैन पर्याप्त समय नदिएकोले यस्तो भएको हो भनेर । यो प्राविधिक कुरालाई भ्यालु नदिएर भएको हो । निर्मातामा पहिला सबै फिल्मको काम सक्छु । चेन्ज गर्नुपर्ने देखियो भने चेञ्ज गर्छु अनि मात्र सो देखाउन पठाउछु भन्ने भयो भने बल्ल राम्रो आउटपुट आउँछ’ उहाँले बताउनुभयो । पर्याप्त समय दिदाँ ‘बुलबुल’ र ‘ददिया’ लगायतका केही फिल्म राम्रो बनेको उनको अनुभव छ ।

हालसम्म ८० भन्दा बढी नेपाली फिल्ममा काम गर्नु भएको न्यौपानेको अबको रहर राम्रो फिल्ममा रामै टिमसँग काम गर्ने छ । नेपाली फिल्म अन्तराष्ट्रिय लेभलको बनाउने लक्ष्य आफ्नो भएको समेत उहाँले सुनाउनुभयो ।

न्यौपानेले फिफा वल्डकपमा आधारित ‘डर्टी गेम’मा साउण्ड मिक्सरको काम गर्नुभयो । नेपाली र इरानी निर्देशकले निर्देशन गरेको फिल्म ‘चन्द्र’ मात्र नभएर ओस्कार मनोनयनमा परेको एरिक भ्यालीको ‘बियोन्द द क्लाउड्स’ को नेपालको थियट्रिकल मिक्स उहाँलेनै गर्नुभएको थियो ।

१ प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button