नयाँ भिसामा कतार जाने प्रक्रिया सुचारु हुदै !

पोखरा न्यूज संवाददाता , दोहा कतार । कोरोना महामारीका कारण कतारको नयाँ भिसा प्रकिया पुरा गरी उडन रोकिएका र नयाँ भिसा स्वीकृति सहित प्रवेश अनुमति दिइने भएको छ । विगत केही समय देखी कतार बाहिर रहेका वर्क पर्मिट (कतार आइडी होल्डर) हरूले मात्र प्रवेश पाउँदै आएको भए पनि आउँदो आईतवार अर्थात् नोभेम्बर १५ बाट सबैले प्रबेश अनुमति पाउने भएका हुन् ।

आप्रवासी कामदार ल्याउन चाहने कम्पनीले पछिल्लो समय कतार सरकारले तोकेको तलब तथा आवास सुविधाको मापदण्ड पुरा गरेमा मात्र निवेदन स्वीकृत हुने प्रशासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयले जनाएको छ । नयाँ कामदारहरूको हकमा पनि कतार प्रवेशको लागी ईन्ट्री पर्मिट, होटेल क्वारेनटाइन र कतार आउनु पूर्वको कोरोना पीसीआर रिपोर्ट अनिवार्य रहने जनाइएको छ ।

कतारको यो निर्णय सँग भिसा प्रक्रिया पुरा गरेर नेपालमै रोकिएका तथा नयाँ कामदारहरूलाई कतार आउने बाटो खुल्ला भएको छ ।यस्ले पछिल्लो समय कतारमा देखिएको कामदारको तरलतालाई पूर्ति गर्ने विश्वास गर्न सकिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button