पोखराको कास्कीकोटमा स्वास्थ्य चौकी शिलान्यास

पोखरा न्यूज । पोखरा-२४ कास्कीकोटमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शनिवार भवनको शिलान्यास गर्नुभएको हो । १ करोड २८ लाखको लागतमा उक्त भवन निर्माण गरिने छ । भवनको शिलन्यास गर्दै जिसीले कोभिड-१९ को यस बिषम परिस्थितिमा स्वयमं चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

शिलान्यास कार्यक्रममा बोल्दै वडा नं २४ का वडाध्यक्ष ओम प्रसाद सुवेदीले कास्कीकोट क्षेत्रमा स्वास्थ्य चौकीको निर्माणले १ हजार ८ सय ६५ घरधुरी लाभान्वित हुने बताउनुभयो । सो अवसरमा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेल, निर्माण व्यवसायी तिलक पोखरेल, जग्गादाताहरु बाबुराम तिमिल्सिना, गुरुदक्त दवाडी लगायतले आफ्नो भनाई राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button