गण्डकी प्रदेशमा शुक्रबार थप ४३ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पोखरामा २७ सहित गण्डकीमा शुक्रबार दिउँसो थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी पदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीको पोखरामा २७, बागलुङमा ६, म्याग्दीमा ५, स्याङ्जामा ३, तनहुँमा १ र पर्वतमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा स्याङ्जा हरिनासका १ पुरुष तथा १ महिला, चापाकोटकी १ महिला, तनहुँ व्यासका १ पुरुष, म्याग्दी मंगलाका १ पुरुष, बेनीका ३ पुरुष तथा १ महिला, बागलुङ जिल्ला बागलुङ नगरपालिकाका २ पुरुष, गलकोटका २ पुरुष तथा २ महिला, पर्वत कुश्माका १ पुरुष रहेका छन् ।

त्यस्तै पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, २ की १ महिला, ४ का १ पुरुष, ५ की १ महिला, ६ का ३ पुरुष, ८ का १ पुरुष तथा १ महिला, ९ का २ महिला, १० का २ पुरुष तथा २ महिला, १३ का २ पुरुष, १४ का २ पुरुष, १७ का ३ पुरुष तथा १ महिला, २३ का १ पुरुष, २५ का १ पुरुष र २६ की १ महिला र २७ की १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशका कोरोना संक्रमित हुनेको संख्या १४ हजार ६ सय ३१ पुगेको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय ४ जना निको भएर घर फर्केका छन् ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button