‘मनले रोजेको’ गीतमा पत्रकार सन्तोष र सुशीलको नृत्य

पोखरा न्यूज । पोखराका पत्रकारद्वय सन्तोष सुवेदी र सुशील नेपालीको नृत्य रहेको गीत ‘मनले रोजेको’ सार्वजनिक भएको छ । नृत्यमा आशिका क्षेत्री र शर्मिला अधिकारीले उहाँहरुलाई साथ दिनुभएको छ । कोरस नृत्यमा साथ दिने कलाकारको मेहनतले भिडियोलाई उत्कृष्ट बन्न सघाएको छ ।

गीतमा गायक रामजी खाँण र गायिका तुलसी क्षेत्रीको आवाज सुन्न सकिन्छ । शर्मिला अधिकारीको प्रस्तुतिमा तयार भएको गीतमा दीपक अधिकारीको शब्द रहेको छ भने सन्तोष सुवेदीले लय संकलन गर्नुभएको हो । सुवेदी पत्रकारितासँगै लोकदोहोरी क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । मारुनी डिजिटल स्टार स्टुडियोमा रेर्कड भएकोे गीतको एरेन्ज सुशील परियारले गर्नुभएको हो ।

रामजी खाँणको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गीतको भिडियोलाई सुशील नेपालीले निर्देशन गर्नुभएको हो । पत्रकारितासँगै नृत्य क्षेत्रमा लामो समयदेखि क्रियाशील नेपालीले भिडियोमा नृत्यलाई नै जोड दिनुभएको छ । पोखरा ११ काँहु डाँडा र पोखरा ५ मालेपाटन आसपासमा छायाकंन गरिएको गीतको भिडियो आर्कषक बनेको छ । गीतमा पोखराको बजार र हिमालका दृश्यलाई नभएर कलाकारको नृत्यलाई फोकस गर्दै निर्देशकले आफ्नो कुशलता देखाउन खोज्नु भएको छ ।

गणेश सापकोटाले खिचेको भिडियोलाई सुवास अम्गाईले सम्पादनको जिम्मेवारी पुरा गर्नुभएको छ । पोष्ट प्रोडक्सनको जिम्मा फलानो क्रियशनले पाएको थियो । ड्रोनको काम अर्जुन बास्तोलाले पुरा गर्नुभयो । गीत सुनेर र भिडियो हेरेर प्रतिक्रिया दिन लय संकलक तथा मोडल सन्तोष सुवेदीको आग्रह छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button