ज्यान मार्ने धम्की दिएर रकम माग्ने गिरोहका युवाहरु पक्राउ

पोखरा न्यूज ।  विभिन्न व्यक्तिलाई फोन र एसएमएस गरी ज्यान मार्ने धम्की दिएर लाखौ रकम माग गर्ने गिरोहलाई नेपाल प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले सो कार्यमा संलग्न तीनजनालाई काठमाडौंको बागबजारबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा जिल्लाको सैलुङ गाँउपालिका वडा नं ८ का १९ वर्षीय सुरज भण्डारी, २१ वर्षीय किरण कार्की र मेलुङ गाँउपालिका वडा नं २ का १९ वर्षीय प्रदीप कार्की छन् ।

प्रदीप र सुरज असनमा अनि किरण काँडाघारीमा बस्दै आएका थिए । उनीहरुले विभिन्न व्यक्तिलाई धाक धम्की देखाइ लाखौं रकम माग गर्नुका साथै उक्त रकम नदिए निजहरुलाई क्षति पुर्‍याउने भनी धम्की दिने गरेको प्रहरीले जनाएको छ ।

धाकधम्की दिने गिरोह सक्रिय रहेको भन्ने सूचना महानगरीय अपराध महाशाखामा प्राप्त भए पछि त्यस्तो गिरोहको प्रहरीले निरन्तर निगरानी राखेकाे थियाे । खोजतलास गर्दै जाने क्रममा हिजो आइतबार प्रहरी टोलीले बागबजार मोडल हस्पिटल अगाडिबाट उनीहरुलाई पक्राउ गरेको हो । सो गिरोहको साथबाट धम्क्याउन प्रयोग गरेको ५ वटा मोबाईल तथा सिमहरु समेत बरामद गरी प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत नयाँ बानेश्वर पठाईएको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button