पोखराका तीन विद्यालयमा स्वास्थ्य सुरक्षा सामाग्री वितरण

पोखरा न्यूज । पोखराका तीन सामुदायिक विद्यालयमा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको छ ।

विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यान दिदै पोखरा-३० लेखनाथ स्थित त्रिभुवन शान्ति नमूना मावि, पोखरा-२६ लेखनाथ स्थित लक्ष्मी आदर्श मावि र पोखरा-२५ हेम्जा स्थित ग्रामप्रकाश आधारभूत विद्यालयमा स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको हो ।

स्वास्थ्य क्षेत्रमा कामगर्दै आएको नेलम्बो नेपाल पोखराले ती विद्यालयमा स्वास्थ्य सुरक्षा सामाग्री मास्क, सेनीटाइजर, स्प्रे बोतल, केएन ९५ मास्क, फेस सिल्ड, हातधुने साबुन, थर्मलगन लगायतका सामाग्री वितरण गरेको हो ।

उक्त संस्थाका प्रतिनिधिले तीनवटै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानध्यापक मार्फत विद्यार्थीको हातमा पुग्नेगरी स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेका थिए । ती विद्यालयमा कूल ६० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको दावी उक्त संस्थाका जनसंम्पर्क अधिकृत भीमप्रसाद भण्डारीको गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button