पोखरामा हुने भलिबलमा गण्डकी प्रदेशको पुरुष समूह घोषणा

पोखरा न्यूज । पोखरामा यसै महिनाको अन्त्यमा हुने “प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिता”का गण्डकी प्रदेशबाट पुरुष समूह घोषणा भएको छ ।

प्रतियोगिता आयोजक टाइगर ग्रुप अफ पोखरा, नेपालले तीन खेलाडी वैकल्पिकसहित १५ सदस्यीय समूह घोषणा गरेको हो । प्रतियोगिता संयोजक नवीन गुरुङका अनुसार गण्डकी प्रदेश पुरुष समूहमा हरि पाण्डेको कप्तानीमा मैदानमा भिड्ने भएको छ ।

छनोट भएका खेलाडीमा ओपन स्पाइकरतर्फ घनश्याम चौधरी (नवलपुर), किरण गुराउ (नवलपुर), इश्वर थापा (स्याङजा) र सञ्जय परियार (पर्वत) रहेका छन । त्यसैगरी क्वीक स्पाइकरतर्फ राजु विक (वागलुङ), याम क्षेत्री (कास्की) र रुपेन्द्र गैरे (पर्वत) रहेको संयोजक गुरुङले जानकारी दिनुभयो ।

अलराउण्डरतर्फ हरि पाण्डे (स्याङजा) र सन्तोष थापा (स्याङजा) सेटरतर्फ सुजन चोखाल (म्याग्दी) तथा ठगबहादुर गुरुङ (स्याङजा) रहेका छन भने लिव्रोतर्फ राजन दर्लामी मगर (स्याङजा) रहेका छन । वैकल्पिक खेलाडीतर्फ सफल बिक (कास्की), विवश थापा (कास्की र मनोज खड्का (कास्की) छन् भने प्रशिक्षकमा रमेश केसीलाई जिम्मेवारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button