सेलिब्रेटी डाक्टर शर्मा ‘सत्यम’ मा महानायक हमालसँगै

पोखरा न्यूज । निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘सत्यम’ मा पोखराका सेलिब्रेटी डाक्टर हरि शर्माले महत्वपूर्ण भूमिका निभाउने तय भएको छ । महानायक राजेश हमालको सहायकका रुपमा डा शर्माले भूमिका निर्वाह गर्न लाग्नुभएको हो । पहिलो पटक महानायक हमालसँगै एउटै पर्दामा उहाँ देखिन लाग्नु भएको हो ।

यस अघि ‘शब्द’ र ‘चि मु सि चि’ चलचित्रहरुसहित केही म्युजिक भिडियोमा उहाँले अभिनय गर्नुभएको छ । उहाँ सामाजिक संजाल टिकटकमा समेत लोकप्रिय हुनुहुन्छ । दर्शकहरुले सामाजिक संजालहरुमा महानायक हमालसँगै चलचित्रमा अभिनय गर्न आग्रह गरेको उहाँले बताउनु भयो ।

‘दर्शकले मलाई राजेश हमाल दाइसँग पर्दामा देख्न चाहनुभएको थियो, त्यो इच्छा पनि पूरा हुनेभएको छ’ डा शर्माले भन्नु भयो ‘मेरो आर्दश व्यक्तिसँगै पर्दामा देखिन पाउनु मैले मेरो सौभाग्य ठानेको छु’ । महानायकसँग अनुहार मिल्दा धेरै दर्शक झुक्किँदै आएको रमाइलो अनुभव समेत उहाँसँग छ । डा शर्मा पोखरा न्युज डट कमको लोकप्रिय कार्यक्रम हेल्दी लाइफका प्रस्तोता समेत हुनुहुन्छ ।

चलचित्र ‘सत्यम’ मा राजेश हमाल, अनुपविक्रम शाही, पल शाह, उपासना सिंह ठकुरीसहितका कलाकार रहने फिक्स भइसकेको निर्माण पक्षले जनायो । चलचित्रको लागि केही कलाकार अडिसन मार्फत छान्न निर्माण युनिट कस्सिएको छ । यही क्रममा पोखरा अडिसन माघ २३ गते शुक्रबार हुने तय भएको छ । पोखराको बगालेटोलमा रहेको हिमाल कलेज अफ मेनेज्मेन्टमा अडिशन हुने चलचित्रका लेखक समेत रहनुभएका निर्माता रेशम सापकोटाले जानकारी दिनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button