पोखरामा ११ सहित गण्डकीका १२ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । पोखरामा ११ सहित गण्डकी प्रदेशमा शनिबार दिउँसो थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ की १ महिला, ३ का १ पुरुष, ५ का १ पुरुष, ९ का ३ पुरुष, १० का १ पुरुष, १७ का १ पुरुष, २७ का १ पुरुष ताथ १ महिला, २९ का १ पुरुष रहेका छन् ।

त्यस्तै पर्वत जिल्ला फलेवासका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना  संक्रमितको  संख्या १५ हजार ६ सय ५१ जना  पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button