‘ज्यू ज्यू’ बोलको कमेडी गीत सार्वजनिक

पोखरा न्यूज । समसामयिक परिवेशलाई चित्रण गरिएको ‘ज्यू ज्यू’ बोलको कमेडी गीत सार्वजनिक भएको छ । गीतमा डा. अनिल थापाको आवाज सुन्न पाइन्छ । गीतको रचना समेत थापाले नै गर्नुभएको हो । थापा आयुर्वेद चिकित्सक हुनुहुन्छ ।

उहाँका हालसम्म देशभक्त्ति गीत, आमाको माया सम्बन्धि गीत र यानीमाया गीत दर्शक श्रोतामाझ आइसकेको छ । यो थापाको चौथो गीत हो । गीत हेरेर सुनेर प्रतिक्रिया दिन गायक तथा रचनाकार डा. थापाले सबैमा अनुरोध गर्नुभएको छ ।

‘ज्यू ज्यू’ गीतमा संगीत रोम तामाङले भर्नुभएको हो । संगीतकार रोम तामाङले समेत गीत राम्रो बनेको प्रतिक्रिया दिनुभयो । कमेडी गीतको भिडियो समेत आर्कषक बनेको छ ।

भिडियोको निर्देशन पोखरेली माग्नेबुढाको रुपमा परिचित हाँस्यकलाकार युवराज भण्डारीले गर्नुभएको हो । भिडियोमा भण्डारीको बेजोड अभिनय समेत हेर्न पाइन्छ । गीत पोखरेली माग्नेबुढा धुर्मुस युट्युब च्यानलबाट रिलिज गरिएको हो । अभिनयमा भण्डारीलाई सृष्टि र बुद्धिले साथ दिनुभएको छ । भिडियोको छायाकंन तथा सम्पादन दीपकमान उदासले गर्नुभएको छ ।

भिडियो लिकः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button