स्याङ्जाको बाङसिङमा स्वास्थ्य चौकी भवनको शिलान्यास

पोखरा न्यूज । स्याङ्जाको आँधीखोला गाउँपालिका-४ बाङसिङमा सुबिधासम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । एक कार्यक्रमका बीच आँधीखोला गाउँपालिका अध्यक्ष सुधीर कुमार पौडेलले बुधबार उक्त भवनको शिलान्यास गर्नुभएको हो । लामो समयको प्रतीक्षापछि वडामा स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास भएपछि स्थानीय खुशी भएका छन् ।

“जनताका आधारभूत तहको आवश्यकता स्वास्थ्य सेवा प्राप्त गर्नु रहेकोले यो सेवा प्रदान गर्न आफ्नो र गाउँपालिकाबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो।“ वडामा मेनपावर भएपनि भौतिक पूर्वाधार र उपकरण नुहुँदा यहाँका स्थानीय बिरामी भएपछि पोखरा वा सदरमुकाम स्याङ्जा जानुपर्ने बाध्यता हटेर अब आफ्नै ठाउँमा सेवा लिन पाईने गाउँपालिका अध्यक्ष पौडेलको भनाई छ ।

भवन निर्माणका लागि २ करोड १० लाख टेन्डर गरिएकोमा करिब २५ प्रतिशत ठेक्का घटेर १ करोड ५७ लाख मा सुन्दर निर्माण सेवा देउराली-४ कास्की ले भवन निर्माण कार्यको जिम्मा लिएको गाउँपालिका कार्यालयले बताएको छ । निर्माण कम्पनीसँग २०७७ माघमा सम्झौता भएको र यसै आर्थिक वर्षको अन्त्य सम्म पूर्ण रूपमा सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले बताउनुभयो ।

आँधीखोला गाउँपालिकाका-४ का वडाध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षता सम्पन्न भएको शिलान्यास कार्यक्रमको सञ्चालन स्वास्थ्य कर्मी शंकर पौडेलले गर्नु भएको थियो । शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शर्मिला देवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, कार्यपालिका सदस्य जमुना पौडेललगायत टोल विकास संस्थाका पदाधिकारी, स्थानीय बुद्धिजीवी, र समाज सेवीको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button