बागलुङमा आगो लाग्दा एक सय २५ हेक्टर क्षेत्रफलको वन जलेर नष्ट

थम्मन थापा/ बागलुङको जंगलमा लागेको आगो स्थानीयले नियन्त्रण लिएर निभाएका छन् ।

गलकोट नगरपालिका वडा नं ५ र ७ का ३ सामुदायिक वनमा सोमबारदेखि लागेको आगो १७ घण्टापछि स्थानीयले सोमबार बिहानदेखि लागेको आगो राति निभाउन सफल भएका हुन् । सामुदायिक वनका उपभोक्ताहरूको सक्रियतामा आगो नियन्त्रण गरिएको ठूलाचौर महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थुम कुमारी थापाले जानकारी दिनुभयो ।

आगलागीबाट वनमा करोडौको काठ-दाउराको क्षति भएको छ । भैंसे दान्सीङ डाँडा सामुदायिक वन गलकोट नगरपालिका वडा नं ५ देखि शुरु भएको आगो गगनपानी सामुदायिक वन हुँदै छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको थियो । सोमबार राति स्थानीयनै आगो निभाउन जुटेपछि नियन्त्रणमा लिन सफल भइएको जानकारी गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष टीकाबहादुर थापाले दिनुभयो ।

मोवाइल र टर्च लाइटको साहारामा स्थानीयले जंगलमा भीर नभनिकन आगो निभाउन सक्रिय बनेको स्थानीय बाबुराम थापालेजानकारी दिनुभयो ।आगोले एक सय २५ हेक्टर क्षेत्रफलमा फैलिएको जंगल जलेर नष्ट भएको स्थानीयले बताएका छन् । आगो नियन्त्रणमा लिन ईलाका प्रहरी कार्यालय गलकोटको टोलपनि पुगेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button