पर्यटनलाई चलायमान बनाउन आग्रह

पोखरा न्यूज । साहसिक पदयात्रा पर्यटनको क्षेत्रका समस्यालाई सम्बोधन गरेर निकास दिन पोखराका व्यवसायीले सरकार समक्ष आग्रह गरेका छन् ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चललका अध्यक्ष सुशीलराज पौडेल लगायतका व्यवसायीले यस्तो आग्रह गरेका हुन् ।

कोभिड-१९ कारण पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशायी भएको उल्लेख गर्नुभयो । “कोभिड-१९ ले व्यवसायीलाई परेको समस्यामा बारम्बर सरकारसँग लिखित र मौखिकरुपमा अनुरोध गर्दै आयौंँ । थला परेको पदयात्रा व्यवसायीलाई पुनर्जीवन प्रदान गरियोस् । ”

कोरोना विरुद्धको खोप प्राथमिकताका साथ अग्रपङ्तिमा रही काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकलाई उपलब्ध गराउनुपर्ने, नेपाल र चीनबीचको सीमा नाका यथाशीघ्र खोल्न पहल गर्न पनि उल्लेख गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button