
पोखरा न्यूज । पोखरामा सोमबार प्याराग्लाइडिङ दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
सोमबार दिउसो २ :१५ बजे भएको दुर्घटनामा धादिङ घर भई पोखरा कालिजङ्ग गणमा कार्यरत २३ वर्षीय राजाराम मगरको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले पोखरा न्यूजलाई जानकारी दिनुभयो ।
डिएसपी हमालका अनुसार नेपाली सेनाको प्याराग्लाइडिङको नियमित प्रशिक्षणका क्रममा मगरले एसआइभी गर्ने बेलामा प्याराग्लाइडिङ फेवातालमा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा लगत्तै उद्धार गरेर थापालाई पोखरा ११ रानीपौवा स्थित सैनिक अस्पतालमा लगिएकोमा उपचारको क्रममा साँझ करिब ४ :४५ बजे निधन भएको डिएसपी हमालले बताउनुभयो ।





