गोरखामा आफैं चढेको ट्याक्टरले किचेर युवकको मृत्यु

पोखरा न्यूज । गोरखामा आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु ज्यान गएको छ ।

गोरखा नगरपालिका–१०  छेपेटारका  ३१ वर्षीय  डिलबहादुर नेपालीको ट्याक्टरबाट खस्दा  किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।

शनिबार दिउँसो बाह्रकिलो बजारबाट  छेपेटारतर्फ जाँदै गरेको ग १ त ४३७१ नम्बरको  ट्याक्टरबाट खसेका नेपालीलाई ट्याक्टरको पछाडिको भागले किच्दा घटनास्थलमै मृत्यु भएको उहाँको भनाइ छ ।

ट्रयाक्टरको ट्रलीबाट खस्दा नेपालीको टाउँकोमा गम्भीर चोट लागेको थियो । घटनापछि ट्याक्टर र चालक उज्ज्वल कुमाललाई नियन्त्रणमा लिइएको डिएसपी दाहालले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button